नेम्बाङ दुर्गाको लुङधुङ पालाम सङग्रह बिमोचन

 लिम्बुवान न्युज
                       

झापा। पालामकार नेम्बाङ दुर्गा लुङाको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति लुङधुङ पालाम संग्रह विमोचन भएको छ ।

शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा कन्काई नगरपालिका-७ को सिरिजङगा चोक स्थित जन कल्याण समाजको सामुदायिक हलमा किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा झापा अध्यक्ष साहित्यकार सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा विमोचन भएको हो ।

कार्यक्रममा इतिहास लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङले पालाम सङग्रह माथी टिप्पणी रसमिक्षा गरेका थिए । पालामभित्र ४ अध्याय गरि जम्मा ४० वटा पालामहरु रहेको छ भने उक्त सङग्रह ८० पृष्ठकाे रहेको छ ।

कार्यक्रममा कन्काइ नगरपालिका-७ को जननिर्वाचित वडाध्यक्ष लिला ब. कन्दङवा, साहित्यकार पुष्पहाङ लोरिङदेन लोवा, निर्देशक तथा कलाकार राजकुमार आङदेम्बे, याक्थुङ लेखक संघ केन्द्रीय सदस्य इक्साहाङ चेम्जोङ, याक्थुङ युवा मञ्च झापा जिल्ला उपाध्यक्ष तथा मुक्कुमकुङ संरक्षण समिति झापा सचिब वसन्त मेन्याङबो, कियाचु झापा पुर्ब जिल्ला सदस्य भक्त मेन्याङबो, कियाचु झापा जिल्ला सदस्य चन्द्रकला आङदेम्बे, कमल गा.पा. कियाचु उपाध्यक्ष मनकुमार थलङ, किरात चोलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति कन्काई नगर उपाध्यक्ष धनपाल कन्दङ्वा, किरात धर्म तथा साहित्य उत्थान संघ कन्काइ उपाध्यक्ष साजन साङ्वा लगायतको उपस्थिति रहेकोे थियोे ।

नेम्बाङद्वारा लिखित लिम्बू भाषाको प्रथम कृति लुङधुङलाइ याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका कोषाध्यक्ष रचना लाओतीले गरेकी थिइन् । कार्यक्रम प्रतिष्ठान सचिव मुसाहाङ अम्याङसा डिल्लीश्वरले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;