याक्थुङ युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ

 लिम्बुवान न्युज
                       

फिदिम । याक्थुङ् युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ चयन भएका छन् । पाँचथरको फिदिममा जारी दोस्रो महाधिवेशनले ९ बुँदे सुम्हालुङ घोषणा पत्र जारि गर्दै याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनले हुक्पाचोङबाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिती चयन गरेको आज फिदिममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रज्ञा इजम यस्तै उपाध्यक्षहरुमा कमल हाङसरुम्बा, मणिबिक्रम योङहाङ, राजेन्द्र इधिङगो र रञ्जुला तेयुङ रहनुभएको भएको छ । यस्तै महासचिवमा मनिष आङबो, सचिवहरुमा गणेश तुम्रोक, नारायण आङखेवा, सुवास लुङफुवा र रितुराज तेयुङ साथै कोषाध्यक्षमा घनाश्याम थेवे रहनुभएको छ । समितिको सदस्यमा ६ जना रहेका छन् ।

मञ्चले ९ बुँदे सुम्हालुङ घोषणा पत्र प्रेश विज्ञप्ती पत्रकार सम्मेलन मार्र्फत जारि गरिएको हो । प्रेश विज्ञप्तीमार्र्फत जारि गरिएको घोषणा पत्रमा युवाहरुलाई परिश्रमी, उद्यमशिल तथा सिर्जनसिल बन्न अभ्रिप्रेरि गरि विदेश पलायन हुने प्रवृतिला्ई निरुत्साहित गर्ने, ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुणपुर्व ९ जिल्ला लिम्बुवान प्रदेश स्थापनाको लागि माग गर्ने, “याक्थुङ पाःन पारि” अभियान सञ्चालन गर्ने लगायतका बुँदाहरु रहेका छन् ।

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...