नालीफुङ्वाको पाँचौं महासम्मेलन शुरु, संस्थापक पदाधिकारीहरुलाई सम्मान गरियो

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलनको उदघाटन कार्यक्रम भएको छ । आइतबार इलामको धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक पदाधिकारीहरुलाई सम्मान गरिएको छ । पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय डिल्ली थेबे, हृदय थेगिम र सचिव भगिहाङ नेम्बाङलाई पान्जुम्भोले सम्मान गरेको छ ।

पान्जुम्भोले संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विगतमा स्थापना दिवसहरुको अवसरमा संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष वनेम विक्रम फागोलाई सम्मान गरिसकेको सचिव योगेश लाओतीले बताए ।

सम्मान गर्ने क्रममा किरात लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजी भाषाको रुपमा माङसेबुङ वडा नं. ५ मा लागू भएसँगै प्रसासनिक फाँटमा पहिलो कर्मचारी भाषा सचिवको रूपमा नियुक्ती हुनु भएका किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मालाई पनि सम्मान गरिएको छ ।

यसरी नै पान्जुम्भोको स्थापना दिवसको अवसरमा हरेक वर्ष २ जनालाई प्रदान गर्दै आएको ‘नालीफुङवा जुझारु पुरस्कार २०७७’ द्वारा किरात साम्यो नालीफूङवा माङसेबुङ पान्जुम्भोका अध्यक्ष बाइसकुमार राई र पान्थर मिक्लाजङ ५, कुरुम्बा निवासी रेनुका लाओती पुरस्कृत भएका छन् ।

समुद्घाटन कार्यक्रममा अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन, समितिका महासचिव काकीराम लाओती, नालीफूङवाका संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासम्मेलनमा पान्जुम्भोको मातहत निकाय थुम पान्जुम्भो र पाङभे पान्जुम्भोबाट प्रतिनिधि तथा पर्यवेक्षको रुपमा सहभागि रहेको जनाइएको छ । सोमबार सम्पन्न हुने महासम्मेलनको बन्द सत्रमा पान्जुम्भोको सांगठनीक, आर्थिक प्रगति प्रतिवेदन र भावि कार्य योजनाहरु प्रस्तुत गरेर पारित गरी सकेपछि नयाँ नेतृत्व चयन गर्दै महासम्मेलन सम्पन्न हुने पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले बताए ।

समुद्घाटन कार्यक्रमलाई पान्जुम्भोका उपाध्यक्ष प्रितिमान खालिङले स्वागत गरेका थिए भने कार्यक्रम सचिव योगेश लाओतीको संचालनमा भएको थियो । कार्यक्रमको सभाध्यक्षता पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले गरेका थिए ।

(तस्वीरः माङसेबुङ न्यूजबाट)

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...