नालीफुङवा मुजोत्लुङ् पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ्

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ राई निर्वाचित भएका छन् । सोमबार इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको पाँचौं महासम्मेलनबाट खालिङको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

पाँचौ पान्जुम्भो महासम्मेलनबाट उपाध्यक्षमा क्रमशः योगेश लाओती, शंकर केरुङ र कल्पना जवेगु चयन भएका छन् । यस्तै सचिवमा आयुस बिक्रम तुम्वापो, सह–सचिवमा लोकेन्द्र कार्की ढोली, कोषाध्यक्षमा खगिन याक्खा र सह–कोषाध्यक्षमा जया याङखिला सर्वसम्मत चयन भएका छन् ।

 

 

यसैगरी पान्जुम्भोको सदस्यहरुमा केशर सेर्मा, कालुहाङ मिभक(भीम), बुद्धहाङ लिङखिम, टिकाराम खजुम, सिकुमहाङ वनेम फागो, सेसेहाङ नेम्बाङ, सुकबहादुर योङहाङ, विचारी लाओती, विकेश आङला, चन्द्रमाया केरुङ, विवश मादेन लिम्बू, तान्छोमी इजम, सविन साम्पाङ राई, आरती योङहाङ, अस्मिता लाओती र दिवश तिगेला लिम्बू सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित खालिङले संस्थालाई चुस्तदुरुस्त राख्दै युवाहरुमाझ किरात धर्म प्रति सचेतनामूलक कार्यक्रमहरु गर्दै आकर्षित लैजाने प्रतिबद्धता आफ्नो मन्तव्यमा राखेका छन् ।

सोमबार साँझ सकिएको बन्दसत्र कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, केन्द्रिय महासचिव काकीराम लाओती, केन्द्रिय सह–सचिव समिता थेवे, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, पान्जुम्भोका निवर्तमान अध्यक्ष दिपक तिगेला लिम्बू लगायतले नालीफुङवा पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देनको संयोजकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सह–सचिव आङबुहाङ अवोध अविरल र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सह–सचिव समिता थेवे सदस्य रहेको समितिले नव कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

(तस्वीरः माङसेबुङन्यूज, इलाम)

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...