किरात युमा माङ्हिमको छैटौं साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमक ६ मा रहेको भिसी क्या. राम बहादुर बेघा लिम्बू प्रतिष्ठान तथा किरात युमा माङहिमको छैटौं साधारणसभा सम्पन्न भएको छ ।

सोमबार प्रमुख आतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष मुन्धुमविद हरि हुक्पा चोङबाङको हस्तबाहुलीबाट महागुरु फाल्गुनन्द लिङ्देनको तस्वीरमा माल्र्यापण गरि कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चोङबाङले लामो सान्दर्भिक विचार राख्दै किरात धर्म र इतिहास बारे चर्चा गरेका थिए । वहाँले किरात युमा माङहिम तथा भिसी क्या. राम बहादर बेघा लिम्बू प्रतिष्ठानलाई यस क्षेत्रको नमूना संस्थाको रुपमा विकास गरेर लैजान समितिलाई सुझाव दिएका छन् ।

कार्यक्रममा संस्थाकी दाता संरक्षक तथा कोषाध्यक्ष मनकुमारी पन्धाक बेघाले संस्थाको आर्थिक बर्ष ०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । सो कार्यक्रमलाई बयोवृद्ध हस्तबहादुर वेघा, उपाध्यक्ष गुमानसिंह सम्बाहाम्फे, मुल पुजारी सुर्य बेघा, सल्लाहकार मेहेरमान लिङदेनले बार्षिक साधारणसभामा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नयाँ चार जना आजीवन सदस्यहरु इन्द्र इम्बुङ, धनकुमार इम्बुङ, लक्ष्मी इम्बुङ र शान्ता थोप्रा लिम्बुलाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मोहन माङथेवेको सभाध्यक्षता र सहसचिव कविन्द्र शेर्माको संचालनमा भएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;