लिम्बुवान मञ्च उर्लाबारी अध्यक्षमा चन्द्र पालुङवा

 लिम्बुवान न्युज
                       

उर्लाबारी। संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारीको चौथो नगरअधिवेशनले चन्द्र पालुङवाको अध्यक्षतामा नयाँ कार्य समिति पाएको छ । मंगलबार उर्लाबारीको गुम्बामा भएको चौथो नगर अधिवेशनले नयाँ अध्यक्ष निर्वाचित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले वर्तमान अवस्थामा संघीयता कमजोर पार्ने षडयन्त्र भईरहेको हुँदा त्यसको रक्षाको निम्ति पहिचान र संघीयता सहितको १०+१ प्रान्त निर्माणको निमित्त मञ्च अग्रसर भएको हुँदा मञ्चमा आबद्ध हुन गाउँगाउँमा आव्हान गरेका छन् ।

अधिवेशनमा मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावती, सचिवालय सदस्य रामचन्द्र थापा मगर, केन्द्रीय सदस्यहरु राज खिम्दिङ, धन प्रसाद सावाँ, जिल्ला अध्यक्ष दिलु लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष पालुङ्वाको नेतृत्वमा गठित मञ्चको नगर समितिमा बरिष्ठ उपाध्यक्ष राम कुमार निङ्लेखु, उपाध्यक्षहरु छत्र जवेगु, बिजु अग्रवाल र उषा लिम्बु रहेका छन् । त्यसैगरी सचिवमा अन्जु लिङ्देन, सह–सचिव होम पङ्गेन्हाङ, अर्थसचिव नेत्र पालुङवा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा पदम कुमार सम्बाहाम्फे, बुद्धि बहादुर काम्बाङ, सेमीका सुब्बा, नायारण चेम्जोङ्, बम बहादुर गुरुङ, भूमिका लिम्बु, वीर बहादुर सेम्भू, टेक बहादुर यक्सो, चन्द्रबहादुर दर्जी, भिम बहादुर विक, धनराज कुरुम्भङ, अमर बहादुर मगर, चन्द्र पङयाङगु, निता लावती र मनकुमारी लावती रहेका छन् ।

कार्यक्रमको सभाध्यक्ष नगर अध्यक्ष बरुण लाबुङले गरेका थिए भने कार्यक्रम संचालन सचिव अन्जु लिङ्लेनले गरेकि थिइन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...