चुलाचुली मिडियाकाे नयाँ कार्यक्रम ‘चुलाचुली संवाद’ शुरू

 लिम्बुवान न्युज
                       

चुलाचुली,२ बैशाख । इलामको चुलाचुली- ४ आइतवारेमा स्थापना भएको चुलाचुली मिडिया हाउसले थप अर्को कार्यक्रम “चुलाचुली संवाद” शुरु गरेको छ ।

बैशाख १ गते गतेदेखि सो कार्यक्रम औपचारिक रुपमा सञ्चालनमा ल्याईएको चुलाचुली मिडिया प्रालिका संचालक चेतन आङथुपोले वताए । सो मिडिया हाउसले यसअघि बेव श्रृंखला “सेवारो बाजे” र कला, साहित्य “समय र सिर्जना” कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।

५२ एपिसोड रहने सो कार्यक्रमको भुमि व्यवस्थापन समस्या आयोग इलामका अध्यक्ष ओम नारायण खनालले उद्घाटन गरे । खनालले प्रोजेक्टर मार्फत स्वीच अन गरेर कार्यक्रमको इन्ट्रो भिडियोलाई पर्दामा देखाएर उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै खनालले भने,‘यस्ता खालका कार्यक्रमहरु आवश्यकता भएतापनि हालसम्म सुचारु हुन नसकेको र चुलाचुली संवादले अब पूरा गर्नेमा आँफुहरु विश्वस्त रहेको औल्याए ।

कार्यक्रममा राजनीतिकर्मी राजेन्द्र केरुङ, शिक्षाविद गगन लावती, चुलाचुली गाउँपालिका सामाजिक विकासका संयोजक रामप्रसाद राई, शिक्षक लोकनाथ पौड्याल लगायतको उपस्थिति रहेको थियो । बैशाखको दोस्रो साताबाट हरेक शनिबार साँझ ७ बजे चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट प्रशारण हुने भएको छ ।

सेवारो बाजे श्रृंखलाको व्यवस्थापक चन्द्र दंगालले स्वागत मन्तव्य सुरु गरे संगै सुरु भएको कार्यक्रम सन्तोस गिरीले संचालन गरेका थिए । मानव कम्प्यूटर ट्रेनिङ सेन्टरको प्रायोजन रहेको सो कार्यक्रमको अध्यक्षता प्रकाश सुहाङले गरेका थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...