सिधुवाका किसानको असिनापानीले करोडौको तरकारी बालीे नष्ट

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। धनकुटाको सिधुवा र आसपासको क्षेत्रमा अविरल वर्षासंगै परेको असिना पानीले स्थानिय किसानले लगाएको करोडौंको तरकारी बाली नष्ट गरेको छ । बिहिबार अपरान्ह आएको असिनापानीले गर्दा १५ करोड भन्दा बढी क्षति भएको स्थानियले बताएका छन् ।

करिव एक घण्टा परेको असिना पानीले छथरजोरपाटी गाउँपालिकाको वडा नं.६, २ र ५, महालक्ष्मी नगरपालिकाको वडा नं.८, ९ र १, र तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको वडा नं. १ मा बिक्रि गर्न तयारी अवस्थामा रहेको साग, केराउ, बन्द कोपी, फूलकोपी, टमाटर, धनियाँ र सवै भन्दाबढी आलु असिनाले नष्ट गरी दिदा करोडौंको क्षति भएको हो ।

स्थानिय व्यवसायी मेघेन्द्र गुरुङ्गका अनुसार बिहिबार ४.३० वजे ५.३० बजेसम्म एक घण्टा परेको अविरल वर्षासंगैको असिनाले छथरजोरपाटी गाउँपालिकाको वडा नं. ६, २ र ५ मा लगाइएको उन्नत जातको आरकेल मोटर, (केराउ), मार्फा चौडा रायोको साग, काट्न हुन लागेको माधुरी फूलकोपी र सवै भन्दा बढी आलु पुर्ण रुपमा नष्ट भएको छ ।

मार्फा चौडा रायोको साग अधिकांश किसानले ४० प्रतिसत विक्री गर्न बाँकी रहेको थियो । त्यसैगरी महालक्ष्मी नगरपालिकाको वडा नं.८,९ र १ मा पर्ने मुर्तिढुङ्गा, आहालेको माथिल्लो भाग र नुन्थला, सिधुवा बजारको आसपासको क्षेत्र मझुवा, वेसी साईड, खरबारी र तेह्रथुमको छथर गाउँपालिकाको वडा नं.१ मा पर्ने आङ्गदिम, डङ्गडङ्गे क्षेत्रमा स्थानिय किसानले लगाएको करोडौं तरकारी बाली नष्ट भएको गुरुङ्गले बताएका छन् ।

किसानले हजारौं रोपनी जग्गामा लगाएको विक्रिको लागी तयारी अवस्थामा रहेको कृषि उपजका वस्तुहरु विक्रि गर्दा तत्काल पाउने तरकारीको कुल १५ करोड भन्दा बढी हुने दावी गरेका छन् ।

सिधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले छथरजोरपाटी गाउँपालिका अन्तर्गत वडा नं.५ परेवादिन स्थित् तिलक ओझा, कृष्ण प्रसाद ओझा, इन्द्र लिम्वुको लगायत अन्यको सयौ रोपनी जग्गामा लगाइएको तरकारी बाली असिनाले एकैछाक पारेको बताए ।

अचानक परेको असिना पानीले गर्दा सयौं किसानको तरकारी बाली बेचेर ५० औं लाख नगद कमाउने सपना एक घण्टा परेको असिना पानीले खरानी बनाई दिएको अध्यक्ष श्रेष्ठले ब्लाष्टलाई जानकारी दिएका छन् ।

आदिवासी जनजाति महासंघ छथरजोरपाटीका अध्यक्ष दिपक गुरुङ्गले ब्लाष्टसंग भने–‘आफ्नो ३० रोपनी जग्गामा लगाइएको आलु, साग, मटरकोसा, वन्दकोपी, फूलकोपी असिनाले चुटेपछी ३ देखी ४ लाख वरावरको क्षति भएको छ ।’

हालै निर्माण कार्य सम्पन्न भएको अनुदान सहयोगमा प्राप्त तरकारी बालीहरुको नर्सरी उत्पादन गर्न साडे ५ लाख भन्दा बढीमा तयार गरिएको हाईटेक नर्सरीको टनेल असिना वर्षीदा पुर्ण रुपमा क्षति भएको गुरुङ्गले बताए ।

त्यसैगरी तरकारी जोन संचालक समिति सिधुवा धनकुटाका अध्यक्ष मेघवहादुर खड्काको आफ्नो बारीमा प्रयोगमा आईरहेको ११ वटा प्लाष्टिकका आधुनिक प्रविधिका हाईटेक नर्सरीका टनेल असिना पानीले नष्ट गरेको छ ।

आधा केजी भन्दा ठूला असिना पर्दा प्रयोगमा आईरहेको प्लाष्टिकका सम्पुर्ण टनेल दुलो परेर विग्रिएको र टनेल भित्रको तरकारी पनि नष्ट हुँदा लाखौं रुपयाँ क्षति भएको अध्यक्ष खड्काले ब्लाष्टलाई बताए ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा वजार नजिकै रहेको नविन श्रेष्ठको पनि करिव १५ रोपनी जग्गामा लगाइएको आलु, मटर कोसा, साग लगायतको तरकारी बाली नष्ट हुँदा लाखौंको क्षति भएको अध्यक्ष खड्काले बताएका छन् ।

श्रेष्ठ जस्तै हजारौं किसानले आफ्नो बारीमा लगाएको तरकारी बाली असिनाले नष्ट गरी दिदा करोडौं रुपयाँको क्षति भएको जोन संचालक समितिका अध्यक्ष खड्काले ब्लाष्टलाई बताएका छन् । (ब्लाष्ट खबरबाट)

सम्बन्धित समाचार

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...