मुक्कुमलुङ् संरक्षणमा ताप्लेजुङका सबै सरोकारहरु एकजुट हुँदै

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् । मुक्कुमलुङ् संरक्षणमा ताप्लेजुङका सबै सरोकारवाला संघ संस्था र राजनैतिक दलहरु एकजुट भएका छन् । मुक्कुमलुङ् नामाकरण गरियोस् भनी आन्दोलनरत मुक्कुललुङ् संयुक्त संघर्ष समितिले शनिबार ताप्लेजुङ्मा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लामा सक्रिय राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरुले सो कुरा गरेका हुन् ।

विकासको नाममा मुक्कुमलुङ्लाई देवीपाथीभरा नामाकरण गरिएसँगै संघर्षमा उत्रिएका त्यस क्षेत्रका जनताहरुले आफूहरु विकास विरोधी नभएको तर पहिचान र अस्तित्वलाई स्वीकार गर्न सरकारलाई अनुरोध गरेका छन् । पाथीभरा केवुलकार प्रा.लि.ले केवुलकार निर्माणको लागि त्यस क्षेत्रको जग्गा जमिनमा व्यापक अपचलन गरेको भन्दै विभिन्न मिडियाहरुमा आइरहेको प्रति आफूहरु शसंकित भएको भन्दै सारोकारवालाहरु निर्माण कम्पनीले व्यापक भ्रष्टचार गरेको समेत आरोप लगाएका छन् ।

केवुलकार ठूलो फेदी भन्दा माथि लान नहुने उनिहरुको जिकिर छ । यद्यपी त्यस क्षेत्रमा हुने फोहरमैलाका कारण पवित्र आस्थाको केन्द्र मुक्कुमलुङ्को शिरमा दुर्गन्धित हुनेमा आफूहरु चिन्तित भएको सरोकारवालाहरु बताउँछन् । सरकारले यस प्रति गम्भीर हुने उनीहरुले अनुरोध गरेका छन् ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात याक्थुङ् चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, कियाचु जिल्ला उपाध्यक्ष डिबि पालुङ्वा, नेपाली कांग्रेसका अमिर मादेन, नेकपा माओवादी केन्द्रका ठाकुर सिं साम्सोहाङ, नेकपाका सकल पन्धाक लिम्बु, जसपाका विष्णु शेखर तुम्बाहाम्फे, संघीय लिम्बुवान मञ्चका इन्दीरा मेन्याङ्बो, नविन पोमु, प्रताप चोङबाङ र अशोक मादेन र नेपाल पत्रकार महासंघ जिल्ला सदस्य आलोक माबोहाङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक ज्ञानु फुरुम्बोले बताए ।

यदि सरकारले सरोकारवालाहरुको कुरालाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गरेर अघि बढ्ने संयोजक फुरुम्बोले बताएका छन् । आफूहरु विकास विरोधी नभएको तर सरकारले प्राकृतिक दोहन गर्नु पूर्व त्यस क्षेत्रका आदिवासी जनजातिको जल, जंगल र जमिन माथिको अग्राधिकारलाई सम्बोधन गर्नुपर्ने संयोजक फुरुम्बोले बताएका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...