याक्थुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा नाल्बो सर्वसम्मत, फाइबाली, लाओती र पङ्धाक पुरस्कृत

,   लिम्बुवान न्युज
                       

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनबाट साहित्यकार सेसेमी से नाल्बो लिम्बू सर्वसम्मत चयन भएका छन् ।

शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेशनबाट नाल्बोको अध्यक्षतामा सात सदसिय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

यसैगरि उपाध्यक्षमा गुमान सिं सङबाङ्फे, महासचिवमा मुसाहाङ अम्याङसा, सचिबमा रचना लाओती, कोषाध्यक्षमा भुवानीप्रसाद थेगिम साथै सदस्यद्वयमा बिष्णु केरुङ र राजकुमार आङदेम्बे सर्वसम्मत चयन भएका छन् ।

नवल फाइवेली, दिल कुमार लावती र प्रेम पङधाक पुरस्कृत

प्रत्येक २/२ बर्षमा लिम्बू भाषा साहित्य कलामा कृयाशिल याक्थुङ हस्तीहरुलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारहरु अन्तरगत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’ द्वारा मोरङ केराबारी –२ सिंहदेबी फाइबामा जन्मनु भई हाल अर्जुनधारा न.पा.–७ झापामा स्थायी रूपमा बसोबास गर्दै लिम्बू साहित्यमा कलम चलाउन थालेका साहित्यकार नवल फाइबालीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।

यसरीनै ‘दिल बहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’ द्वारा पान्थर मिक्लाजङ ५ कुरुम्बा निवासी हाल दमक १ झापामा बिगत २ दर्शक यता पत्रकारितामा सक्रिय लिम्बुवान खबर डटकमका प्रधानसम्पादक दिल कुमार लाओतीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।

यस्तै ‘गुमान सिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’ द्वारा ताप्लेजुङ सिदिङबा साप्लाखुमा जन्म भई हाल कमल गाउँपालिका ३ केर्खामा बसोबास गर्दै आउनु भएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजार सहित सम्मान पत्रद्वारा सम्मानित भएका छन् ।

दमक नगरपालिका १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार सुमित्रा वाङदेल चेली, दुर्गा नेम्बाङ लुङा, दमक बहुमुखी क्याम्पस प्राध्यापक राधिका ओझा, निर्देशक तथा कलाकार राजकुमार आङदेम्बे, कियाचु नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङ, लुङधुङ टोल अध्यक्ष याम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी सम्मानित फाइवेली, लावती र पङ्धाकले पनि आयोजकलाई सम्मान गरेकाेमा धन्यवाद सहितको शुभकामना मन्तव्य राखेका छन् ।

याक्थुङ साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गुमानसिंह सङबाङफे र सञ्चालन सचिव मुसाहाङ अम्याङसाले गरेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;