याक्थुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा नाल्बो सर्वसम्मत, फाइबाली, लाओती र पङ्धाक पुरस्कृत

 लिम्बुवान न्युज
                       

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनबाट साहित्यकार सेसेमी से नाल्बो लिम्बू सर्वसम्मत चयन भएका छन् ।

शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेशनबाट नाल्बोको अध्यक्षतामा सात सदसिय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

यसैगरि उपाध्यक्षमा गुमान सिं सङबाङ्फे, महासचिवमा मुसाहाङ अम्याङसा, सचिबमा रचना लाओती, कोषाध्यक्षमा भुवानीप्रसाद थेगिम साथै सदस्यद्वयमा बिष्णु केरुङ र राजकुमार आङदेम्बे सर्वसम्मत चयन भएका छन् ।

नवल फाइवेली, दिल कुमार लावती र प्रेम पङधाक पुरस्कृत

प्रत्येक २/२ बर्षमा लिम्बू भाषा साहित्य कलामा कृयाशिल याक्थुङ हस्तीहरुलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारहरु अन्तरगत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’ द्वारा मोरङ केराबारी –२ सिंहदेबी फाइबामा जन्मनु भई हाल अर्जुनधारा न.पा.–७ झापामा स्थायी रूपमा बसोबास गर्दै लिम्बू साहित्यमा कलम चलाउन थालेका साहित्यकार नवल फाइबालीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।

यसरीनै ‘दिल बहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’ द्वारा पान्थर मिक्लाजङ ५ कुरुम्बा निवासी हाल दमक १ झापामा बिगत २ दर्शक यता पत्रकारितामा सक्रिय लिम्बुवान खबर डटकमका प्रधानसम्पादक दिल कुमार लाओतीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।

यस्तै ‘गुमान सिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’ द्वारा ताप्लेजुङ सिदिङबा साप्लाखुमा जन्म भई हाल कमल गाउँपालिका ३ केर्खामा बसोबास गर्दै आउनु भएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजार सहित सम्मान पत्रद्वारा सम्मानित भएका छन् ।

दमक नगरपालिका १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार सुमित्रा वाङदेल चेली, दुर्गा नेम्बाङ लुङा, दमक बहुमुखी क्याम्पस प्राध्यापक राधिका ओझा, निर्देशक तथा कलाकार राजकुमार आङदेम्बे, कियाचु नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङ, लुङधुङ टोल अध्यक्ष याम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी सम्मानित फाइवेली, लावती र पङ्धाकले पनि आयोजकलाई सम्मान गरेकाेमा धन्यवाद सहितको शुभकामना मन्तव्य राखेका छन् ।

याक्थुङ साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गुमानसिंह सङबाङफे र सञ्चालन सचिव मुसाहाङ अम्याङसाले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;