लाओती सयङको पाँचौं महाधिवेशन लुम्फाबुङमा हुँदै

 लिम्बुवान न्युज
                       

पान्थर। पापोहाङ लाओती सयङको पाँचौ केन्द्रिय महाधिवेशन पान्थरको फेदेन नगरपालिका ९ लुम्फाबुङमा हुने भएको छ । आगामी बैशाख १३ र १४ गते दुई दिन विभिन्न कार्यक्रम सहित सम्पन्न हुने भएको छ ।

बैशाख १३ गते बिहान ११ बजे देखि खुला सत्र शुरु हुनेछ भने १४ गते बन्दसत्र हुने भएको छ । १३ गते खुल्ला सत्रमा पापोहाङ लाओती सयङको ऐतिहासिक चोत्लुङ (१२ फिट्को स्तम्भ) पापोहाङ लाओती सयङको प?ङ्लुङ र प?लुङ स्थापना साथै सोही साँझ लाओतीहरुको ऐतिहासिक तथा पहिलो प्रकाशनमा आएको बङ्शावली पुस्तक लोकार्पण कार्यक्रम रहेको महाधिवेशन तयारी समितिका संयोजक विजयबोध लावतीले जानकारी दिए ।

बैशाख १४ गते बन्दसत्रले नयाँ कार्यसमिति चयन गरि सपथ ग्रहण कार्यक्रम हुने र सोही दिन विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन हुने र सांस्कृतिक प्रतियोगिता अन्तर्गत केःलाङ नाँच र याःलाङ नाँच हुने जनाइएको छ । उक्त प्रतियोगी बिजेतालाई १५ हजारको पुरस्कार दिइने साथै लिम्बू भाषिक कबिता प्रतियोगिता साथै सांस्कृतिक हाँस्य मनोरञ्जनात्मक कार्यक्रम पनि रहने शनिबार प्रकाशित प्रेस बिज्ञप्तिमा बताइएको छ ।

बैशाख ४ गते शनिबार पान्थरको फेदेन स्थित चाम्देन होटलको सभाहलमा यस कार्यक्रमको बारेमा पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमका संयोजक विजयबोध लावतीले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...