अमेरिकामा मणि बाङदेलको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ गठन

,   लिम्बुवान न्युज
                       

न्यूयोर्क क्वीन्स। अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरु एकजुट भएका छन् । आइतबार मणि बाङदेल राईको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ ।
“साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ ।” भन्ने नाराका साथ भेला भएको अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको भेलाले अध्यक्ष बाङदेलको नेतृत्वमा एघार सदस्यीय कार्य समिति गठन गरेको छ ।


उक्त नवगठित समितिमा उपाध्यक्ष फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिव दिलीप कुमार श्रीष, कोषाध्यक्ष मनु लोहरुङ राई चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा तारा मिलन छन्त्याल, विरेन्द्रहाङ लाबुङ, चन्द्र बज्यू तामाङ, बुद्ध चेम्जोङ, विवश बेनाम लिम्बु, अशोक चाम्लिङ राई र अग्नी साम्पाङ राई रहेकाछन् ।


नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको समन्यवयमा साहित्यकारहरुको भेला गरेका थिए । सो अवसरमा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्ले नवगठित सम्पूर्ण पदाधिकारीहरुलाई सुभकामना दिएका थिए ।
अध्यक्षमा चुनिएका साहित्यकार मणि बाङदेलले— “अमेरिकामा रहदै आएका आदिवासी जनजातिहरुको मुद्दालाई साहित्यबाट मुखरित गर्न योजना बनाएर अगाडि बढ्ने” बताए ।
(विवश बेनामको वालबाट)

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;