दमक । याक्थुङ साहित्य प्रतिष्ठानले दमक–१ स्थित येहाङनगरबाट ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ विज्ञप्ति मार्फत जारि गरेको छ ।
गत शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेसनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष सेसेमी से नाल्बो र महासचिव मुसाहाङ अम्याङसाको हस्ताक्षरित प्रेस बिज्ञाप्ति सार्वजनिक गर्दै ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ जारि गरेको हो ।
आइतबार जारि गरिएको घोषणा–पत्रमा भाषा साहित्य विकासका लागि साहित्यिक कार्यक्रम संचालन गर्ने, भाषा साहित्य सम्बन्धि अखबार/पत्र पत्रिका, पुस्तक बुलेटिन/स्मारिका र मुखपत्र प्रकाशन गर्ने, भाषा साहित्यको प्रवर्द्धनको लागि पुरस्कारको स्थापना गर्ने, लिपी भाषा, साहित्य कला संस्कृतिमा योगदान पुर्याउने व्याक्तिहरुको प्रत्येक २÷२ बर्षमा सम्मान तथा अभिनन्दन गर्ने, भाषा तथा साहित्यकारहरुको वौद्विक विकासको लागि भाषिक सेमीनार गोष्ठी एवं तालिमको आयोजना गर्ने लगायत बुँदाहरु उल्लेख गरिएको छ ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...