बेलबारी। संघीय लिम्बुवान मञ्च, नेपाल बेलबारी नगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलबारी बजारमा आयोजिक अधिवेशनमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले देवेन्द्र चेम्जोङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नव निर्वाचित अध्यक्ष- देवेन्द्र चेम्जाेङ
नयाँ कार्य समितिको उपाध्यक्षहरुमा नरमाया राई र गोपाल बराईली छन् । त्यसैगरी सचिवमा बविन लिम्बु, सहसचिवमा विनयकुमार खुदाङ, अर्थसचिवमा सञ्चमाया लिम्बु चयन भएका छन् भने सदस्यहरुमा क्रमशः गञ्जुमान लिम्बु, भगवान दमाई, रेशम ऋषिदेव, ललिता तामाङ, सदिप याक्खा, कुमारी लिम्बु, देवी लिम्बु, कृष्ण लिम्बु, जीत बहादुर थेगिम, जनिमाया लिम्बु, लक्ष्मी लिम्बु, ज्योति लिम्बु, दल बहादुर लिम्बु, बाबुराम ऋषिदेव, आशा तामाङ र बविता पंधाक रहेका छन् ।
कार्यक्रममा मञ्चका पहिचान सदस्य बम बहादुर मेन्याङ्बो, जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, सचिव बरुण लाबुङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...