काठमाडौं। अनलाईन मिडियालाई वर्षेनी नविकरण गर्नुपर्ने प्रावधानको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अब प्रत्येक आर्थिक बर्षमा अनलाईन मिडियालाई बिगतमा जस्तो नविकरण पर्ने छैन । गत चैत्र मसान्तमा आएको सर्वोच्चको फैसलाले अनलाईन मिडिया अनुगमनका नाउँमा वर्षेनी गर्नुपर्ने नवीकरण कार्यलाई खारेज गरिदिएको हो ।
वर्षेनी नवीकरण गर्नैपर्ने सरकारी प्रावधान खारेजीको माग गर्दै युवा पोष्ट डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गत माघ ५ गते सोमबार दर्ता गराएको रिट उपर सर्वोच्चको यस्तो फैसला आएको हो । निवेदकका तर्फबाट घिमिरे आफै र अधिवक्ताहरु विष्णुकुमार गिरी र राजकुमार रानाले वहस गरेका थिए ।
रिट निवेदनमा नविकरण प्रावधान नेपालको संविधानको धारा १७ स्वातन्त्रताको हक, धारा १८ समानताको हक, धारा १९ सञ्चारको हक र धारा २७ सूचनाको हक विरुद्ध छ भनी खारेजीको माग गरिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपक कुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासबाट अनलाईन नवीरकण खारेजीको फैसला भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध भएको उक्त फैसलामा अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६(३) को उपदफा १ अनुसार अनलाईन नवीरकण नगरे सेवा रोक्ने प्रवधान नेपालको संविधानको धार १९ को उपधारा २ विरुद्ध भएको ठहर गरिएको छ ।
फैसलामा भनिएको छ –‘संविधानको उक्त व्यवस्था विपरित रोक लगाउने गरी भएको अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा (३)को म्यादभित्र नवीकरण नगराउने अनलाईन सञ्चार माध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने छ भन्ने व्यवस्था संविधानको उक्त व्यवस्थासँग प्रतिकूल देखिँदा उत्प्रेषकको आदेशद्वारा बदर हुने ठहर्छ । फैसलाको पूर्णपाठ पछि आउने आदेशमा उल्लेख छ ।
यसअघि सूचना विभागमा अनिवार्य अनलाईन मिडियाहरुको वार्षिक नवीकरण अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ (१) अनुसार प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रमा गर्नैपर्ने वाध्यता थियो । जसका कारण कतिपय अनलाईन मिडियाहरु एक आर्थिक वर्ष समाप्त भएपछि अर्को आर्थिक वर्षमा तोकिएकै समयमा नवीकरण हुन नसक्दा बन्द हुने गरेका थिए ।
नवीकरण गराउन नसकेका कतिपय अनलाईन मिडिया सञ्चालकहरुलाई स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन लगायत अन्य सूचनामूलक र व्यवसायिक विज्ञापन समेत नपाउने समस्या थियो ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...