पाँचथर। पाँचथरको फिदिम ५ को धार्मिकत तथा पर्यटकीय स्थल लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा) कार्यक्रम भएको छ । आज सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा सत्रथुम गोश्वारी युमा माङ्हिम परिषरमा यक्वा सेवा (उभौली पुजा) सहित बुधबार विविध कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश नम्बर १ का पुर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा माओवादी केन्द्र, एक नं.प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै आङ्बोले चाडै नै १ नं. प्रदेशमा सरकार बदलिने र माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बन्ने दाबि गरेका छन् । प्रमुख अतिथि आङ्बोले लब्रेकुटि–सिलौटी क्षेत्र पाँचथरको महत्वपूर्ण स्थल भएको बताए । मुलुकका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पावन कर्मभूमिको बिकास र प्रबद्र्धन गरी जिल्लाकै अब्बल धार्मिक पर्यटकीयस्थलको रुपमा स्थापित गर्न आफू प्रदेश सरकारमा हुँदा पहल गरेको र आगामी दिनमा पनि निरन्तर पहल गरिरहनेमा जोड दिने आङ्बोले बताए ।
कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ति तुम्बापो, जिल्लास्थित राजनीतिक दल र विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो बिचार राख्नुभएको थियो । यसरीनै कार्यक्रममा फिदिमस्थित न्यू बरदान संगीतालयका कलाकारहरुले नृत्य तथा गायन प्रस्तुती प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रम सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष खगेन्द्र तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई समितिका सचिव गणेश तुम्रोकले संचालन गरेका थिए ।
ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...
ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...
काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...
बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...