विश्वव्यापी अनलाइन सामिला (कविता) प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

दमक। ९०औं समाजसुधार दिवसको अवसरमा विश्वव्यापी अनलाइन सामिला(कविता) प्रतियोगिता हुने बताइएको छ । आगामी वैशाख २४ गते दिवसको अवसर पारेर सो प्रतियोगिता गर्न लागिएको हो ।

वि.सं. १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटिमा किरात धर्मका दर्शनदाता तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दबाट दश लिम्बु सत्रथुमका तुतु तुम्याङहरुलाई भेला गरी सत्य धर्म मुचुल्का गरेको थिए । सोही दिनलाई समाधसुधार दिवसको रुपमा किरातीहरुले मान्दै आएका छन् । यसै अवसरमा खुल्ला अनलाइन साम्मिला (कविता) प्रतियोगिता कार्यक्रम गर्न लागिएको साङसेन पन्धाकले बताए ।

वैशाख ७ देखि १८ गतेसम्ममा रचना पठाइ सक्न आयोजकले जनाएको छ । सहभागीहरुले कविता सत्य धर्म मुचुल्कामा आधारित हुनु पर्ने छ भने किरात लिम्बु भाषा वा खस भाषा मध्ये एकबाट सहभागी बन्न पाउने छन् । कविता बढीमा २ सय शब्दको मात्र हुनु पर्नेछ र कविताको भिडियो बनाएर पठाउनु पर्नेछ । विवाद सिर्जना भए निर्णायकको निर्णय नै अन्तिम हुने आयोजकले भनेको छ । यसरी नै कवितालाई दर्शकको ४० र निर्णायकले ६० प्रतिशत अंक प्रदान जनाएको छ ।

भिडियो माङसेबुङस्टार टिभीको अनलाइन यूटुवबाट प्रशासण गरिने सहसंयोजक साङसेन वरकले बताए ।
कार्यक्रमको संयोजक डब्बल सुब्बा, सह संयोजक साङसेन पन्धाक, सदस्यहरुमा अविशेक नेम्बाङ, मञ्जु थेगिम, सुमन लिङ्देन, भवानी आङ्देम्बे र विराट किराती रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा हरि हुक्पा चोङ्बाङ, सेसेमी से नाल्बो, सेसेहाङ फियाक, साम्जिरी सेर्मा र रानीटारे साइला रहेका छन् ।

यस्तै मिडिया सपोर्टको रुपमा माङसेबुङ स्टार टिभी, माङसेबुङ न्यूज डक कम, समदर्शी सञ्चार प्रा.लि, रेडियो माङसेबुङ १०४.६ मेगाहर्ज, नयाँ बुलन्द डट कम र लिम्बुवानखबर डट कम रहेका छन् ।

यस कविता प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार र सान्तव्नाले ३ हजार पुरस्कार राशी जित्ने आयोजकका सह संयोजक साङ्सेन पन्धाकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...