पालाम ‘काराङ्वा पुसा’को छायाँकन सम्पन्न

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायिका भावना नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘काराङ्वा पुसा’ को म्युजिक भिडियो छायाँकन सकिएको छ ।

गीतकार सुवर्ण नेम्बाङको शव्द संकलन तथा आफ्नै लय संकलन रहेको पालमको भिडियो माङसेसे कोक्मा ललितपुरमा छायाँकन गरिएको हो ।

कृष्ण थलङको छायाँकन तथा सम्पादन र सुनिता किरातीको मेकअप रहेको पालाम भिडियोमा यादन सेर्मा ‘नुनाम’, भावना नेम्बाङ, सागर केरुङ, जेपि नेम्बाङ, माइकल तुम्बापो, राम तिलिङ, मनिशा सम्बाहाम्फे, बबिता चोङ्बाङ, नरेश वनेम फागो, बालकृष्ण वनेम फागो, सीता फोम्बो, जेनि आङ्बुहाङ, एबि आङ्देम्बे, सिमा कुलुङ राई, भिम लिम्बू, शिव सम्बाहाम्फे, कबिराज लिम्बू, सुनिता लिम्बू, अन्जना लिम्बू, साया लिम्बू लगायतले अभिनय गरेका छन् ।

यादन सेर्मा ‘नुनाम’ को भिडियो कन्सेप्टमा निर्माण भएको पालम गीत भने किङ स्टुडियो अनामनगर काठमाडौंमा सुरेश राई र मनोज साङसोनले रेकर्डिङ गरेका हुन् ।

लेखनाथ चेम्जोङको संगीत संयोजन रहेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन । यस्तै पहिरन र गरगहना भने माङगेना ढाका पसलको रहेको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...