शुक्रबार, १० बैशाख, २०७८ रातीको ०९:२३ बजे,
लिम्बुवान न्युज
–मुसाहाङ अम्याङसा
दमक। किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दसौं नगर अधिबेशन पुनः देवेन्द्र चेम्जोङलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । दसौं अधिवेशन झापा दमक ७ स्थित रायालि किरात भवनमा कियाचु केन्द्रिय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो ।
अधिवेशनले अध्यक्ष चेम्जोङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ओममाया सेर्मा(आङदेम्बे), सचिब सुक बहादुर सोदेम्बा, सह–सचिव चन्द्र बहादुर कन्दङवा र कोषाध्यक्षमा इन्द्र बहादुर सङबाङफे निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा क्रमशः रमा केरुङ (सेर्मा), तुलसी कुमार आङदेम्बे, कमला योङहाङ (लाओती) र गंगा सुब्बा चयन भएका छन् ।
अधिबेशनमा कियाचु सल्लाहकार मेहेरमान लिङदेन, लिम्बू साहित्यकार सेसेमी सेनाल्बो, पत्रकार बिष्णु सुब्बा, व्यवसायी निङ्वाहाङ थेबे, मन प्रसाद योङहाङ, व्रत पङयाङगु, बिक्रम थाङदेन, जेष्ठ नागरिकहरु र चुम्लुङमा लामो समयसम्म योगदान गर्नु हुने दमक नगर पुर्ब अध्यक्ष÷कियाचु जिल्ला कोषाध्यक्ष वर्तमान राष्ट्रिय चुम्लुङ सदस्य गुमान सि सङबाङ्फेलाई सम्मान पत्रद्वारा सम्मान गरेको हो । त्यसै गरि अधिबेशनलाई सहयोग गर्ने महानुभावहरुलाई समेत प्रमाणपत्र र आजीवन सदस्यता प्रमाणपत्र पनि बितरण गरेको थियो ।
कार्यक्रममा कियाचु केन्द्रीय सल्लाहकार जित ब. लाओती, पुर्ब प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम, कियाचु केन्द्रीय सदस्य पुर्ण बहादुर हाङस्रोङ, कियाचु लिम्बुवान प्रदेश समिति सल्लाहकार प्रेमदीप थाम्सुहाङ, कियाचु जिल्ला झापा पुर्ब अध्यक्ष भक्त खेवाङ, कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाक, दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रमा आङदेम्बे, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष भगवती श्रेष्ठ, किरात राई यायोक्खा प्रारम्भिक नगर समिति प्रतिनिधि धनजित राई, नेवा देव दव्यू समाज संयोजक गणेश श्रेष्ठ, पृथ्वी मा. वि. दमक ७ प्रधानाध्यापक बिष्णु कुमार राई, कियाचु हङकङ सल्लाहकार त्रिभुवन लुम्फुङवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङको अध्यक्षता तथा उपाध्यक्ष ओममाया सेर्मा आङदेम्बेले स्वागत मन्तव्य राखेकी थिइन् भने नगर सदस्यद्वय सुक ब. सोदेम्बा र चन्द्र कन्दङवाले कार्यक्रम संचालन गरेका थिए ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...