शुक्रबार, १० बैशाख, २०७८ रातीको ०९:२३ बजे,
लिम्बुवान न्युज
–मुसाहाङ अम्याङसा
दमक। किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दसौं नगर अधिबेशन पुनः देवेन्द्र चेम्जोङलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । दसौं अधिवेशन झापा दमक ७ स्थित रायालि किरात भवनमा कियाचु केन्द्रिय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो ।
अधिवेशनले अध्यक्ष चेम्जोङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ओममाया सेर्मा(आङदेम्बे), सचिब सुक बहादुर सोदेम्बा, सह–सचिव चन्द्र बहादुर कन्दङवा र कोषाध्यक्षमा इन्द्र बहादुर सङबाङफे निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा क्रमशः रमा केरुङ (सेर्मा), तुलसी कुमार आङदेम्बे, कमला योङहाङ (लाओती) र गंगा सुब्बा चयन भएका छन् ।
अधिबेशनमा कियाचु सल्लाहकार मेहेरमान लिङदेन, लिम्बू साहित्यकार सेसेमी सेनाल्बो, पत्रकार बिष्णु सुब्बा, व्यवसायी निङ्वाहाङ थेबे, मन प्रसाद योङहाङ, व्रत पङयाङगु, बिक्रम थाङदेन, जेष्ठ नागरिकहरु र चुम्लुङमा लामो समयसम्म योगदान गर्नु हुने दमक नगर पुर्ब अध्यक्ष÷कियाचु जिल्ला कोषाध्यक्ष वर्तमान राष्ट्रिय चुम्लुङ सदस्य गुमान सि सङबाङ्फेलाई सम्मान पत्रद्वारा सम्मान गरेको हो । त्यसै गरि अधिबेशनलाई सहयोग गर्ने महानुभावहरुलाई समेत प्रमाणपत्र र आजीवन सदस्यता प्रमाणपत्र पनि बितरण गरेको थियो ।
कार्यक्रममा कियाचु केन्द्रीय सल्लाहकार जित ब. लाओती, पुर्ब प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम, कियाचु केन्द्रीय सदस्य पुर्ण बहादुर हाङस्रोङ, कियाचु लिम्बुवान प्रदेश समिति सल्लाहकार प्रेमदीप थाम्सुहाङ, कियाचु जिल्ला झापा पुर्ब अध्यक्ष भक्त खेवाङ, कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाक, दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रमा आङदेम्बे, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष भगवती श्रेष्ठ, किरात राई यायोक्खा प्रारम्भिक नगर समिति प्रतिनिधि धनजित राई, नेवा देव दव्यू समाज संयोजक गणेश श्रेष्ठ, पृथ्वी मा. वि. दमक ७ प्रधानाध्यापक बिष्णु कुमार राई, कियाचु हङकङ सल्लाहकार त्रिभुवन लुम्फुङवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङको अध्यक्षता तथा उपाध्यक्ष ओममाया सेर्मा आङदेम्बेले स्वागत मन्तव्य राखेकी थिइन् भने नगर सदस्यद्वय सुक ब. सोदेम्बा र चन्द्र कन्दङवाले कार्यक्रम संचालन गरेका थिए ।
ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...
दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...