मेची सहकारीले झापाको दमकमा एकीकृत बस्ती बसाल्दै

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित ४३ लाख देखि अधिकतम ५१ लाख रुपियाँसम्मका घर निर्माण हुने जनाइएको छ ।

मंगलबार सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार दमक ४ मा एक बिगाहा १६ कट्ठा जमिनमा ५२ वटा घर निर्माणको काम सुरु भएको र यसमा प्रत्यक्ष सदस्यहरूको निगरानीमा काम हुने सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

सहकारीले सुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यसबाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यलाई २० वर्षे किस्ताबन्दीमा घर उपलब्ध गराइने छ ।

घर एकै प्रकारका बन्ने र जग्गाको प्रकृतिअनुसार जग्गा बढी भएका घरमा केही रकम घटबढ हुने भएकाले मूल्यमा एकरूपता गर्न नसकिएको पनि अध्यक्ष भट्टराईले बताए । उनका अनुसार ५० प्रतिशतभन्दा बढी घर सदस्यहरूले इच्छाएर बुकिङ गरिसकेका छन् । डेढ तले घर बन्ने बस्तीमा ढल, खानेपानी, टेलिफोन, बाटोघाटो लगायत आवश्यक सबै पूर्वधार रहने पनि जनाइएको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...