इलाममा याक्थुङ शिक्षक मञ्च गठन

,   लिम्बुवान न्युज
                       

इलाम। इलामको देउमाई मंगलबारे बजारमा याक्थुङ शिक्षक मञ्च गठन भएको छ । लिम्बू शिक्षकहरुको ऐतिहासिक प्रथम भेलाबाट बाई बी योङहाङको अध्यक्षतामा ३५ सदस्यीय याक्थुङ शिक्षक मञ्च तदर्थ समिति गठन गरेको हो ।

आज (शनिबार) भएको भेलाले समितिको उपाध्यक्षहरुमा तिलबिक्रम सुब्बा र हर्कमाया लिम्बू चयन भएका छन् । सचिवमा सुरेश योङहाङ, सहसचिवमा बोलकुमारी लिम्बु र कोषाध्यक्षमा काजीमान एक्तेन चुनिएका छन् ।

यसैगरी समितिका सदस्यहरुमा हरि आङदेम्बे, सुनिल योङहाङ, याम बहादुर लिम्बू, कल्पना लिङदेन (माङसेबुङ), प्रेम राज फियाक, प्रेमराज जवेगु, पम्फा देवी एक्तेन, राजकुमार थेवे, सुर्य प्रसाद थेवे, धन बहादुर फियाक, रिमा माखिम, गोविन्द योङहाङ, जगत योङहाङ, सागर लिम्बु, खेमराज आङ्बो, मिशाल लिम्बू, राम एक्तेन, सुोविन्द्र आङदेम्बे, भिम लिम्बू, सन्त कुमार आङदेम्बे, नुुमा लोक्ताम, शर्मिला लिम्बू, आइतराज थेबे, याम बहादुर साउदेन, लाख बहादुर लिम्बू, भिम कुमारी लिम्बू, मखान सिङ लिम्बु लगायत रहेका छन् ।

ऐतिहासिक प्रथम भेलालाई प्रमुख अतिथि देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले सम्बोधन गरेका थिए । भेला आयोजक समितिका संयोजक वाई बी योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सुरेश योङहाङको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका साथै अन्य अतिथि सेवानिवृत्त वरिष्ठ शिक्षक सि बी योङहाङ, योङहाङ समाज इलामका अध्यक्ष पञ्च योङहाङ लगायतले मन्तव्य रहेका थिए । कार्यक्रमलाई स्वागत मन्तव्य शिक्षक प्रेमराज फियाकले राखेका थिए ।

मञ्चको विधान लगायतका आवश्यक कागजातको संयोजन गरि वैधानिक संस्था दर्ता र अधिवेशन चाँडै सम्पन्न गर्ने नवगठित संयोजक योङहाङले बताएका छन् । मञ्चले शिक्षकहरुको ट्रेड युनियन अधिकार, पेशागत ज्ञान, सीप, चेतनाको विकास गर्न, गुणस्तरीय शिक्षाको लागि शैक्षिक वातावरणलाई विशुद्ध सिर्जनात्मक तुल्याउन प्रयत्नशील रहने, शिक्षासम्बन्धी सवंैधानिक हक, अधिकार प्राप्तिको लागि सदैव क्रियाशिल रहिरहने, उद्देश्य राखेको छ ।

त्यस्तै त्रैभाषिक शिक्षा नीति लागू गर्नको लागि पहल गर्ने, सम्पूर्ण लिम्बू शिक्षकहरुको शैक्षिक, बौद्धिक, नैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि निरन्तर प्रयत्नशिल रहने, शिक्षाको पहुँच गुणस्तर निर्माण र कुशल व्यवस्थापनको लागि शिक्षक र स्थानीय समुदायसँग सहकार्य गर्ने, मानवअधिकार एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता संस्कृतिको स्थापना संरक्षण र संम्बर्द्धन गर्न प्रतिवद्ध रहने, लिम्बू समुदायको आर्थिक सामाजिक, भाषिक, धार्मिक लगायत सम्पूर्ण पक्षको विकास गर्न लिम्बुजन्य संघसंस्थाहरु किरात याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, लिम्बु पत्रकार मञ्च लगायत लिम्बूजन्य संघ संस्थासँग सहकार्य समन्वय गर्दै अघि बढ्ने रहेको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;