मुक्कुमलुङ पुर्नस्थापनाका लागि देवस्थलमा बृहत सभा

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। किरात याक्थुङहरुको धार्मिक तथा सांस्कृतिक भूमि मुक्कुमलुङको पुर्नस्थापना गर्न अभियान्तहरु त्यहाँ पुगेर बृहत सभा गरेका छन् । शनिवार किरात याक्थुङ् चुम्लुङ्का अध्यक्ष योगराज वनेम, मुक्कुमलुङ वचाउ संघर्ष समितिका संयोजक श्री लिङखिम लगायतको उपस्थितिमा देवस्थल परिसरमा मुक्कुमलुङ्को बोर्ड राखेर प्रदर्शन गरेका हुन् ।

ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात लिम्बु समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामाङ्कन गरी धार्मिक तथा संस्कृतिक अतिक्रमण गरेको भन्दै अभियन्ताहरू यतिबेला सरकारको बिरोधमा उत्रिएका छन् । सांस्कृतिक नाम परिवर्तनको माग राखेर संघर्ष समितिले निरन्तर आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।

बृहत सभामा बोल्दै मुक्कुमलुङलाई मुक्कुमलुङनै राख्नु पर्छ पाथिभरा नाम राख्नु भनेको संस्कृतिक तथा धार्मिक अतिक्रमण गरिनु हो किराचु अध्यक्ष वनेमले बताए । उनले मुक्कुमलुङ वचाउन सिंगो संस्थाले ऐक्यबद्धता जनाउँदै जस्तोसुकै घोषणा गरिएको आन्दोलनमा सरिक हुने बताए ।

‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, केवुलकार चाहिदैन, हामी विकासको विरोधी होइन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले पुरै मुक्कुमलुङको वरिपरि विरोध प्रदर्शन गरेका छन् । उक्त कार्यक्रममा धार्मिक तथा सांस्कृतिक अतिक्रमणविरूद्ध मुक्कुमलुङ वचाउ संघर्ष समितिका संयोजक श्री लिङखिमले घोषणा पत्र वाचन गरेका थिए ।

मुक्मुमलुङको पवित्रता सबैले जोगाउनु पर्छ, केबुलकार कुनै हालतमा ल्याउनु हुदैन भन्ने कुरा कन्चनजंगा विकास समितिको अध्यक्ष खगेन्द्र फेम्बुले राखेका छन् । यस्तै गरी सरकार र केहि ठेकेदारहरुले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनाले वन विनाश मात्र होइन सिंगो प्रकृति दोहन गरी हजारौं रुखहरु काटेर त्यस क्षेत्रको प्राकृतिक पर्यावरण नै ध्वस्त पार्ने मुक्कुमलुङ वचाउ संघर्ष समितिका सल्लाहकार सरु सिङगोकले बताइन् ।

दिलेन्द्र कुरुम्बाङले याक्थुङ लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताए । जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताए ।

‘लिम्बू जातिको पुस्तौं पुस्तादेखि बसोबास रहेको मुक्कुमलुङ क्षेत्रको पहिचान र सस्कृतिक नै अर्को बनाइएको छ,’ राम मादेनले भने, ‘पाथी,पाथीभरा र हिन्दुजन्य नामहरुसंग जोडेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको कुरा डाक्टर अमर तुम्माङहाङले बताए ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघका केन्द्रीय सह–कोषाध्यक्ष साङसेन पन्धाकले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको थातथलो र पहिचान नामेट पार्दै आएको बताए । उनले “मुक्कुमलुङ लिम्बुहरुको मात्र होइन सारा आदिवासीहरुको प्रकृतिक तथा सांस्कृतिक पहिचानको धरोहर हो”– भने ।

यस्तै आदिवासी जनजाति साहित्यकार महासंघ लिम्वुवान राज्य समितिका संयोजक मधु केरुङले राज्यले पाथीभरा नामकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको दाबी गरे । धार्मिक तथा सांस्कृतिक पहिचानमाथि राज्यले दमन गरिरहेकोमा त्यसको बिरोध शुरुभएको बताएका छन् ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार पाथीभरा केवलकारको शिल्यानास कार्यक्रम रोकिएको छ । पाथीभरा नामलाई परिवर्तन नगरेसम्म केवलकारको बिरोध गर्ने साथै सो क्षेत्रमा हुने प्रकृति दोहनबारे उचित सम्बोधन गर्न समेत माग गरिएको त्यस क्षेत्रका युवा राजनीतिज्ञ मुक्साम लाबुङ्ले बताए ।

कार्यक्रमलाइ डा. कमल तिगेला खेवाद्वारा मुन्धुम वाचन गरी साम्याङवा चुवा, युप्पावा चुवा, सिदाङगेवा चुवाले सेसेसाङसाङ गर्दै थालनी गरेका थिए । स्थानीय कलाकारहरुले केलाङ प्रस्तुत गरेका थिए । मुक्कुमलुङलाई सेक्क्रट साइटको घोषणा गर्दै लेखक तथा सास्कृतिक अभियान्ता नन्द कुन्दङवाले कार्यक्रमको समापन गरे भने उक्त कार्यक्रमको सञ्चालन सरोज कङलीबाले गरेका थिए ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...