ताप्लेजुङ मेरिङदेनको टोलटोलमा लिम्बुवान मञ्च संगठित हुँदै

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ् जिल्लाका स्थानीय तहमा संगठनको कृयाकलाप दिनानुदिन सक्रिय हुँदै गएको छ । मञ्चलाई पूर्वकै नमूना राजनीतिक दल बनाउने लक्ष्यका साथ ताप्लेजुङ् जिल्लाले संगठनलाई स्थानीय तहको टोल समितिसम्म पनि गठनलाई तिब्रता दिएको हो ।

जिल्लाको मेरिङ्देन गाउँपालिकाको वडा नं. १ थिङ्लाबुको चिच्वा, पिपु र थुङथापमा टोल कमिटी गठन गरिएको छ । मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङ क्याकको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमहरुमा मञ्चका प्रान्तीय सदस्य रीता मादेन, जिल्ला उपाध्यक्षहरु प्रताङ चोङबाङ र रुपा साँवा त्यसैगरी सचिव अशोक मादेन, जिल्ला नेताहरु करण हाङगाम, पूर्णहाङ एभेङ लगायतको रहेको थियो ।

आइतबार आइतबीर एभेङको अध्यक्षतामा १७ सदस्यीय लिम्बुवान मञ्चको चिच्वा टोल समिति गठन गरिएको छ । उक्त समितिमा उपाध्यक्ष पूर्णबहादुर एभेङ, सचिव हरि ओख्राबु, अर्थसचिव विजय एभेङ बनेका छन् भने सदस्यहरुमा तिलकुमार ओख्राबु, चन्द्र एभेङ, रत्न थाङ्देन, आइतराज चोङबाङ, हस्ता एभेङ, सुजन एभेङ, नयन एभेङ, सीता एभेङ, रनहाङ एभेङ, सुखमाया एभेङ, विकास चोङबाङ क्याक र कमला एभेङ रहेका छन् । यसैगरी सन्तोष एभेङको संयोजकत्वमा ११ सदस्य लिम्बुवान भोलेन्टियर्स फिल्ड कमाण्ड पनि गठन गरिएको छ । सहसंयोजकमा हरि वनेम रहेका छन् ।

यसरी नै चन्द्रकुमार चोङ्वाङ क्याकको अध्यक्षतामा १५ सदस्यीय पिपुमा टोल समिति गठन भएको छ । उक्त समितिमा उपाध्यक्ष सन्तोष लिम्बु, सचिव भक्त लिम्बु, सहसचिव विष्णुकुमारी तुम्बाहाङफे, अर्थसचिव सन्तोष एभेङ छन् भने सदस्यहरुमा बिनु एभेङ, पूर्णबहादुर एभेङ, हेम बहादुर एभेङ, विज्ञान ओख्राबु, बबि ओख्राबु, मनोज ओख्राबु, सुमन ओख्राबु, कालु ओख्राबु, राज एभेङ र सम्झना केदेम रहेका छन् । साथै सोही कार्यक्रममा अमृत एभेङको संयोजकत्वमा ११ सदस्यीय लिम्बुवान भोलेन्टियर्स फिल्ड कमाण्ड गठन भएको छ । उक्त कमाण्डको सहसंयोजकमा कुलश एभेङ् रहेका छन् ।

मेरिङ्देनको थिङ्लाबु थुङथापमा लिम्बुवान मञ्चले दुई वटा टोल समिति गठन गरेको जनाएको छ । जिल्ला सचिव अशोक मादेनले दिएको जानकारी अनुसार टोल एकमा सञ्जमान चोङबाङको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्ष कान्छोरे चोङबाङ, सचिव दिनेश एभेङ, अर्थसचिव नन्दुहाङ ओख्राबु रहेका छन् भने सदस्यहरुमा क्रमशः मिना ओख्राबु, हेमकुमार चोङबाङ, निर्मला ओख्राबु, कुमारी चोङबाङ, कुसुम चोङबाङ, चन्द्रवीर चोङबाङ र कविता ओख्राबु रहेका छन् ।

यसरी नै थिङलाबु थुङथापको दुई नम्बर टोल समितिको अध्यक्षमा बिरेन्द्र योङहाङ चुनिएका छन् । ११ सदस्यीय टोल समितिको उपाध्यक्षमा सुयोग लिम्बु, सचिवमा भिमकुमार चोङबाङ क्याक र अर्थसचिवमा आश बहादुर योङहाङ रहेका छन् भने सदस्यहरुमा क्रमशः रुपेश योङहाङ, कर्णकुमार एभेङ, मंगलसिंह चोङबाङ्, अर्जुन चोङबाङ, आइतवीर चोङबाङ, रुपा चोङबाङ र मनिता योङहाङ रहेका छन् ।

लिम्बुवान मञ्चलाई जिल्लाकै पहिलो पार्टी बनाउन घरदैलो अभियानमा मञ्च सक्रिय रहेको जिल्ला सचिव अशोक मादेनले जनाएका छन् । “टोल टोलमा लिम्बुवान पु¥याउने लक्ष्यका साथ संगठनलाई तिब्रता दिइएको हो”– उनले भने ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;