माओवादी केन्द्रको सबै कमिटीमा महिला ३५ प्रतिशत र दलित १५ प्रतिशत अनिवार्य

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संसोधन गर्दै केन्द्रीय समिति २९९ जनाको बनाउने निर्णय गरेको छ । त्यसैगरी आज बसेको स्थायी समितिको बैठकमा महिला ३५ प्रतिशत र दलित १५ प्रतिशत अनिवार्य गर्ने समेत सहमति भएको छ ।

उक्त बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा यो तत्काल लागू हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको हो ।

त्यस्तै माओवादी केन्द्रको केन्द्रीय कमिटीमा उत्पीडित दलितबाट १५ प्रतिशत सदस्य पुर्याइनेछ । त्यसैगरी युवालाई २० प्रतिशत अनिवार्य गर्ने समेत बताइएको छ । यसरी नै समितिको पदाधिकारीमा एक महिला अनिवार्य समेत गर्ने बताएको छ ।

साथै प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने जनाइएको छ ।

२९९ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्नेछ ।

बैठकले पार्टी समिति वा नेतृत्व निर्माण प्रक्रिया के हुन्छ ? निर्वाचन, पार्टी कार्यकर्ताको मूल्यांकनलाई कसरी जोड्ने ? कार्यकारी पदमा उमेर हद राख्ने कि नराख्ने ? बहस खुला गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...