बुधबार, १५ बैशाख, २०७८ बिहानको ०६:१२ बजे,
लिम्बुवान न्युज
मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न गाउँअधिवेशनले शेर बहादुर तुम्साको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
मञ्चका केन्द्रीय सदस्य थिर बहादुर लावती, लिम्बुवान मञ्चका मोरङ अध्यक्ष दिलु लिङदेन लावती, सचिव विशाल तिरुवा र बरुण लाबुङको उपस्थितिमा नयाँ कार्य समिति गठन भएको थियो ।
नव गठित समितिको उपाध्यक्षहरुमा शेरमान यक्सो, छिरिङ्ग शेर्पा र कमला तिरुवा वि.क. रहेका छन् भने सचिव बलभन्द्र लावती, सह–सचिव खिल बहादुर खड्का (दर्शन), रहेका छन् भने अहिलेलाई अर्थसचिव पद खाली राखिएको छ । त्यसैगरी सदस्यहरुमा बुध बहादुर साँवा, प्रेमकुमार कार्की ढोली, कमल राई, हेमन्ता विष्ट, इन्दीरा सम्बाहाम्फे, रोशन फोम्बो लिम्बु, शंकर धिमाल, मिना देवान, नविन ओझा र प्रविन लिम्बु रहेका छन् ।
नव निर्वाचित कार्य समितिलाई मञ्चको विधान अनुसार जिल्ला अध्यक्ष लिङदेनले सफतग्रहण गराएकि छन् ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...