बुधबार, १५ बैशाख, २०७८ बिहानको ०६:१२ बजे,
लिम्बुवान न्युज
मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न गाउँअधिवेशनले शेर बहादुर तुम्साको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
मञ्चका केन्द्रीय सदस्य थिर बहादुर लावती, लिम्बुवान मञ्चका मोरङ अध्यक्ष दिलु लिङदेन लावती, सचिव विशाल तिरुवा र बरुण लाबुङको उपस्थितिमा नयाँ कार्य समिति गठन भएको थियो ।
नव गठित समितिको उपाध्यक्षहरुमा शेरमान यक्सो, छिरिङ्ग शेर्पा र कमला तिरुवा वि.क. रहेका छन् भने सचिव बलभन्द्र लावती, सह–सचिव खिल बहादुर खड्का (दर्शन), रहेका छन् भने अहिलेलाई अर्थसचिव पद खाली राखिएको छ । त्यसैगरी सदस्यहरुमा बुध बहादुर साँवा, प्रेमकुमार कार्की ढोली, कमल राई, हेमन्ता विष्ट, इन्दीरा सम्बाहाम्फे, रोशन फोम्बो लिम्बु, शंकर धिमाल, मिना देवान, नविन ओझा र प्रविन लिम्बु रहेका छन् ।
नव निर्वाचित कार्य समितिलाई मञ्चको विधान अनुसार जिल्ला अध्यक्ष लिङदेनले सफतग्रहण गराएकि छन् ।
काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...
बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...
दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...
ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...