मेरिङदेन याक्तेलीमा लिम्बुवान मञ्चको कमिटी गठन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् । संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले मेरिङदेनको थिङ्लाबु याक्तेलीमा समिति गठन भएको जनाएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन भएको हो ।

याक्तेलीमा राम थाङदेनको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । समितिमा सचिव देउमान ओख्राबु, अर्थसचिव हरिराम ओख्राबु त्यसैगरी सदस्यहरुमा दल बहादुर चोङबाङ क्याक, श्याम बहादुर चोङबाङ क्याक, बुद्धिराज याक्खा, सन्तोष चोङबाङ क्याक, विजय चोङबाङ क्याक, मनुहाङ याक्खा, पूर्णसिंह चोङबाङ क्याक र राजेन्द्र ओख्राबु रहेका छन् । उपाध्यक्ष लगायतका पदाधिकारीहरु पछि थप गर्ने बताइएको छ ।

यस्तै गरी लिम्बुवान भोलेन्टियर्स याक्तेली टोल कमाण्डको संयोजकमा सुधिर ओख्राबु चुनिएका छन् भने सहसंयोजकमा विजय ओख्राबु रहेका छन् । सदस्यहरुमा मंगलसिंह थाङदेन, उजिर थाङदेन, विजय चोङबाङ, रबि थाङदेन, सोमप्रसाद चोङबाङ, राम थाङदेन, विनोद थाङदेन र सुवास थाङदेन गरी ११ सदस्यीय एलभी कमाण्ड गठन भएको छ ।

बिहीबार (आज) भएको यस कार्यक्रममा लिम्बुवान मञ्च ताप्लेजुङ् जिल्ला उपाध्यक्ष प्रताप चोङबाङ, जिल्ला सचिव अशोक मादेनको उपस्थिति रहेको थियो । जिल्ला सचिव मादेनले साविकको थिङलाबुको नौ वटै टोलमा टोल समिति गठन गरि वडा कार्य समितिको अधिवेशन गर्ने बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;