झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्लामा तत्कालै निषेधाज्ञा जारी नगर्ने बताएका छन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले सो कुरा गरेका हुन् ।
झापामा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २३९ मात्र रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्नु पर्ने प्रजिअ तिम्सिनाको भनाइ छ ।
यसैक्रममा प्रतिज तिम्सिनाले तराईमा ५ सय र पहाडमा २ सय कोरोना सङ्क्रमितको सङ्ख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताए । भारतसँग जोडिएको पूर्वी नाका काकरभिट्टामा आवातजावतमा कढाई गरिएको छ ।