शुक्रबार, १७ बैशाख, २०७८ बिहानको १०:०२ बजे,
लिम्बुवान न्युज
काठमाडौं । कोभिड १९ को संक्रमण उच्च जोखिममा रहेको २१ जिल्लाहरुमा निषेधाज्ञा जारी गरेसँगै सरकारले आजबाट थप कडाइ गर्न थालेको छ । बिहीबार पहिलो दिन केही खुकुलो गरिए पनि आजबाट कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइ गरिने बताए । ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि अब कडाइ गरिने उनको भनाइ छ ।
कोभिड–१९ को उच्च संक्रमण रहेका र आंशिक भएका जिल्लाहरुमा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ । दाङ जिल्लामा पनि पूर्ण निषेधाज्ञा लागू भएको छ तर गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जिल्लाहरूको विवरणमा दाङ उल्लेख छैन ।
काठमाडौं उपत्यकामा विहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालना गराउन ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सवारी साधन जाँच गरिएको छ । सरकारले निषेधाज्ञा पालना गर्न सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ । काठमाडौं उपत्यकामा अस्थायी रुपमा बसोबास गर्ने सर्वसाधरणलाई घर फर्कन भने अहसज भएको छ ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...