निषेधाज्ञामा सरकारको थप कडाई

 लिम्बुवान न्युज
                       

काठमाडौं । कोभिड १९ को संक्रमण उच्च जोखिममा रहेको २१ जिल्लाहरुमा निषेधाज्ञा जारी गरेसँगै सरकारले आजबाट थप कडाइ गर्न थालेको छ । बिहीबार पहिलो दिन केही खुकुलो गरिए पनि आजबाट कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइ गरिने बताए । ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि अब कडाइ गरिने उनको भनाइ छ ।

कोभिड–१९ को उच्च संक्रमण रहेका र आंशिक भएका जिल्लाहरुमा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ । दाङ जिल्लामा पनि पूर्ण निषेधाज्ञा लागू भएको छ तर गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जिल्लाहरूको विवरणमा दाङ उल्लेख छैन ।

काठमाडौं उपत्यकामा विहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालना गराउन ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सवारी साधन जाँच गरिएको छ । सरकारले निषेधाज्ञा पालना गर्न सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ । काठमाडौं उपत्यकामा अस्थायी रुपमा बसोबास गर्ने सर्वसाधरणलाई घर फर्कन भने अहसज भएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...