महासंघले झापाली पत्रकारलाई कोभिड संक्रमितलाई उपचारमा सहयोग गर्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमति पत्रकारलाई सहज उपचारको लागि सहयोग गर्ने भएको छ ।
शुक्रबार बसेको महासंघको बैठकले संक्रमित पत्रकारलाई घरमै चिकित्सकको परामर्श अनुसार पोषिलो खानेकुरा, मास्क, सेनिटाइजर र आवश्यकता अनुसार अक्सिजन सिलिण्डर निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले पत्रकारको पीसीआर परीक्षण, आवश्यक परे अस्पताल भर्ना, औषधि व्यवस्थापन, चिकित्सकको मनोपरामर्श, कोरोनाविरुद्धको खोप लगाउन छुटेका पत्रकारहरुका लागि खोप व्यवस्थापन लगायतका कार्यमाखसहजीकरण गर्ने र सो का निम्ति सरकारी पक्षसँग माग गर्ने समेत निर्णय गरेको हो ।
श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्यका लागि महासंघले उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ भने कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरूपलाई विश्लेषण गर्दै समग्र विषयको अनुगमन तथा समन्वय गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा अर्को समिति निर्माण गरेको हो ।
शुक्रबारको बैठकले कोरोनाबाट संक्रमित महासंघका सदस्यहरु राजु अधिकारी, पुष्प बराल , नरेन्द्र ढकाल र बीरु दर्नालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै महामारी नियन्त्रणका लागि सचेतना जगाउने सन्देशमूलक सूचना सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन महासंघ झापाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसमक्ष माग गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्र्दै पेशागत कर्तव्य पूरा गर्न महासंघले आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । त्यस्तै सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्र्न र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न महासंघले सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।
महासंघ झापा शाखाको वेबसाइट तत्काल सञ्चालनमा ल्याउन आवश्यक सम्पूर्ण कार्यको लागि सचिव डिकेश लामाको संयोजकत्वमा समिति गठन गरेको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...