महासंघले झापाली पत्रकारलाई कोभिड संक्रमितलाई उपचारमा सहयोग गर्ने

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमति पत्रकारलाई सहज उपचारको लागि सहयोग गर्ने भएको छ ।
शुक्रबार बसेको महासंघको बैठकले संक्रमित पत्रकारलाई घरमै चिकित्सकको परामर्श अनुसार पोषिलो खानेकुरा, मास्क, सेनिटाइजर र आवश्यकता अनुसार अक्सिजन सिलिण्डर निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले पत्रकारको पीसीआर परीक्षण, आवश्यक परे अस्पताल भर्ना, औषधि व्यवस्थापन, चिकित्सकको मनोपरामर्श, कोरोनाविरुद्धको खोप लगाउन छुटेका पत्रकारहरुका लागि खोप व्यवस्थापन लगायतका कार्यमाखसहजीकरण गर्ने र सो का निम्ति सरकारी पक्षसँग माग गर्ने समेत निर्णय गरेको हो ।
श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्यका लागि महासंघले उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ भने कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरूपलाई विश्लेषण गर्दै समग्र विषयको अनुगमन तथा समन्वय गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा अर्को समिति निर्माण गरेको हो ।
शुक्रबारको बैठकले कोरोनाबाट संक्रमित महासंघका सदस्यहरु राजु अधिकारी, पुष्प बराल , नरेन्द्र ढकाल र बीरु दर्नालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै महामारी नियन्त्रणका लागि सचेतना जगाउने सन्देशमूलक सूचना सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन महासंघ झापाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसमक्ष माग गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्र्दै पेशागत कर्तव्य पूरा गर्न महासंघले आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । त्यस्तै सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्र्न र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न महासंघले सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।
महासंघ झापा शाखाको वेबसाइट तत्काल सञ्चालनमा ल्याउन आवश्यक सम्पूर्ण कार्यको लागि सचिव डिकेश लामाको संयोजकत्वमा समिति गठन गरेको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;