थपिए ५७६३ संक्रमित, १९ जनाको ज्यान गयो, झापामा ७२ जना नयाँ संक्रमित

 लिम्बुवान न्युज
                       

दमक। देशभर कोरोना संक्रमणको वृद्धिदर उच्च भएको छ । शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको छ । १४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् ।

काठमाण्डौमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ३ लाख २८ हजार आठ सय ९३ पुगेको छ ।

यस्तै १२ सय ८७ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । यस्तैगरी कोरोनाका कारण आज थप १९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार २९८ पुगेको छ । अहिले ४३ हजार दुई सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी झापामा पछिल्लो २४ घण्टामा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमा बिर्तामोडमा १३, भद्रपुरमा २४, अर्जुनधारामा ८, मेचीनगर र कन्काईमा ७÷७ जना रहेका छन् । त्यस्तै गौरादहमा ४, बुद्धशान्तिमा ३ र हल्दिबारीमा २ जना रहेका छन् । गौरीगञ्ज, कचनकबल र बाह्रदशीमा १÷१ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेकोे छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...