समाधिस्थल मासेर बीओपी राख्न लागिएको भन्दै जनजातिहरु आन्दोलित

 लिम्बुवान न्युज
                       

काँकडभिट्टा। मेचीनगर नगरपालिकाले समाधिस्थल मासेर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न लागेको भन्दै स्थानीय किरातजातीहरु राई, लिम्बु, याक्खा समुदाय आन्दोलित बनेका छन् । बीओपी निर्माणका लागि नगरपालिकाले पाँच दिनअघि समाधिस्थलमा डोजर चलाएको थियो ।

मेचीनगर–६ काँकडभिट्टास्थित मेची पुल दक्षिणतिर रहेको समाधिस्थललाई नगरपालिकाले बुधबार भत्काएपछि स्थानीय किरात जातीहरु आक्रोशित बनेका छन् । विरोधमा नेपाल आदिवासी जनजाति समन्वय परिषदको नेतृत्वमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङलगायतका संस्थाले मेचीनगरका मेयर विमल आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।

किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले सरोकारवालाहरूसँग छलफल नै नगरी धार्मिक आस्थामाथि नगरपालिकाले डोजर चलाएको आरोप लगाए । उनले भने, ‘नगरको यो निन्दनीय कार्यप्रति हाम्रो खेद छ ।’ नगरपालिकाले नियोजित रुपमा समाधिस्थल मासेर सशस्त्र प्रहरी राख्न लागेको आरोप यो समुदायको छ ।

यसैगरी किरात याक्थुङ् चुम्लुङ जिल्ला कार्य समिति झापाले पनि शनिबार एक विज्ञप्ति मार्फत सरकारको खेद प्रकट गरेको छ । जिल्ला अध्यक्ष सेसेहाङ फियाक र सचिव प्रेमचन्द्र लिम्बुले संयुक्त विज्ञप्ति मार्फत सरकारको यो प्रकारको कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको हक र मानव अस्तित्व पहिचानको बर्खिलाप गरेको साथै जातीय धार्मिक सद्भावमा खलल पुग्ने काम भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । आदिवासी जनजातिहरु समाधिस्थलमाथि डोजर चलाउनेले आम माफी माग्नु पर्ने बताएका छन् ।

घटनापछि नगरप्रमुख विमल आचार्यले विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् । मानवीय समवेदनासँग जोडिएको यस किसिमको संरचना भत्काउने, नष्ट गर्ने कहीँ–कतै नगरपालिकाको मनसाय नरहेको विज्ञप्तिमा उनले जनाएका छन् ।

यसैबीच आइतबार आदिवाजी जनजाति महासंघ समन्वय परिषदको पहलमा किरात समुदायले डोजर लगाएको क्षेत्रमा क्षमा पूजा गरेर बारघेरा लगाएका छन् ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...