गायक डिबि जबेगु र नन्दमाया थक्लुङको पालाम “कठैबरी” सार्वजनिक हुँदै

 लिम्बुवान न्युज
                       

मोरङ्। पालाम गायक डिबि जबेगु र नन्दमाया थक्लुङ को स्वरमा “कठैबरी“ शिर्षक रहेको पालाम बैशाख २० गते सार्वजनिक हुने भएको छ । उक्त दिन बिष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाम आउन लागेको हो ।

पालामलाई नन्दमाया थक्लुङले रचना गरेका हुन् भने शब्द चयन डिबि जबेगुले गरेका छन् । गायन सहयोगीको रुपमा पुर्ण कुमारी पाङ्मा र धन प्रसाद साँबाले भुमिका निभाएका छ्न । कठैबरी पालामको भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानल बाट हेर्न सकिने छ ।

धनमाया पाङ्माको पहलमा निर्माण गरिएको सांस्कृतिक भिडियोमा कलाकारहरु डिबि जबेगु, मदन वनेम, बिनु तुम्बाहाङ्फे, नन्द माया थक्लुङ, टार कान्छा जबेगु, चन्द्र हुक्पाचोङ्वाङ, बिष्णु कुमारी आङ्बुहाङ, तिर्थ मादेम्बा, सानू थक्लुङ, प्रदिप नयोङ, धनकुमारी पाङ्मा, मिना मादेम्मा, राजेश इवाहाङ, पुर्ण कुमारी पाङ्मा र निस्चल राई रहेको छ । फेदापे भाकामा रहेको पालाम लिम्बुहरुमा निक्कै चर्चित र पुरानो मानिन्छ ।

गायक तथा चलचित्र कर्मी डिबि लिम्बू भन्छन “पछिल्लो समय लिम्बुहरुको पालाम धान नाचलाई रचनात्मक र ऐतिहासिकता झल्काउने गरि रुपान्तरण गरिदै लगिएको छ ।” यस पालामको छाँयाङ्कन तथा सम्पादन सिरकुमार राईको रहेको प्रदिप नयोङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...