सोमबार, २० बैशाख, २०७८ रातीको ०९:१९ बजे,
लिम्बुवान न्युज
बिर्तामोड। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।
अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा अतिथिहरुमध्येबाट नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा झापासहित मोरङ र यूएई शाखाबाट ५१ जना पत्रकारको सहभागिता थियो । कार्यक्रमका सहजकर्ता खोज पत्रकारितामा लामो समयदेखि क्रियाशील थापाले अहिले भ्रामक समाचारको खेतीले नेपाली मिडियाको विश्वसनियतामाथि चुनौति थपिएको बताउँदै ती चुनौतिको सामना गरेर विश्वसनियता कायम राख्न अग्रसर हुनु पर्ने बताए ।
सहजकर्ता थापाले कोरोना महामारीको पहिलो पीडित पत्रकारहरु भइरहेको र ७० प्रतिशत पत्रकार कोरानाका कारण कुनै न कुनै रुपमा प्रभावित भएको बताउँदै उनले महामारीको समयमा प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा खोज पत्रकारिता गर्न सुझाए ।
यसअघि आफैले लेखेका समाचारलाई एकपटक खोतल्ने र फ्लोअप गर्ने हो भने पनि पत्रकारले समाचार लेख्न भ्याईनभ्याई हुने उनको भनाइ थियो । उनले फ्लोअप पत्रकारितामा पनि जोड दिए । महामारीको समयमा स्थानीय सरकारमार्फत उपचार, क्वारेन्टाइन निर्माण, टेन्डर आव्हान लगायतका शीर्षकमा हुने खर्च पारदर्शी बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । स्थानीय सरकारलाई सुशासनतर्फ अघि डोहो¥याउन त्यहाँका विकृतिको भण्डाफोर र राम्रा कामको ‘खोज स्टोरी’ आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ पत्रकारले ध्यानदिनुपर्ने बताए ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई महासंघका उपाध्यक्ष केशव भट्टराईले सहभागी सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रेस मञ्च नेपालका उपाध्यक्ष कमन देवान, संघीय पत्रकार मञ्च, नेपालका संयोजक दिल कुमार लावतीसहित पत्रकारका विभिन्न संगठनमा आबद्ध अध्यक्ष तथा प्रतिनिधिहरुले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...