सोमबार, २० बैशाख, २०७८ रातीको ०९:१९ बजे,
लिम्बुवान न्युज
बिर्तामोड। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।
अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा अतिथिहरुमध्येबाट नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा झापासहित मोरङ र यूएई शाखाबाट ५१ जना पत्रकारको सहभागिता थियो । कार्यक्रमका सहजकर्ता खोज पत्रकारितामा लामो समयदेखि क्रियाशील थापाले अहिले भ्रामक समाचारको खेतीले नेपाली मिडियाको विश्वसनियतामाथि चुनौति थपिएको बताउँदै ती चुनौतिको सामना गरेर विश्वसनियता कायम राख्न अग्रसर हुनु पर्ने बताए ।
सहजकर्ता थापाले कोरोना महामारीको पहिलो पीडित पत्रकारहरु भइरहेको र ७० प्रतिशत पत्रकार कोरानाका कारण कुनै न कुनै रुपमा प्रभावित भएको बताउँदै उनले महामारीको समयमा प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा खोज पत्रकारिता गर्न सुझाए ।
यसअघि आफैले लेखेका समाचारलाई एकपटक खोतल्ने र फ्लोअप गर्ने हो भने पनि पत्रकारले समाचार लेख्न भ्याईनभ्याई हुने उनको भनाइ थियो । उनले फ्लोअप पत्रकारितामा पनि जोड दिए । महामारीको समयमा स्थानीय सरकारमार्फत उपचार, क्वारेन्टाइन निर्माण, टेन्डर आव्हान लगायतका शीर्षकमा हुने खर्च पारदर्शी बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । स्थानीय सरकारलाई सुशासनतर्फ अघि डोहो¥याउन त्यहाँका विकृतिको भण्डाफोर र राम्रा कामको ‘खोज स्टोरी’ आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ पत्रकारले ध्यानदिनुपर्ने बताए ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई महासंघका उपाध्यक्ष केशव भट्टराईले सहभागी सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रेस मञ्च नेपालका उपाध्यक्ष कमन देवान, संघीय पत्रकार मञ्च, नेपालका संयोजक दिल कुमार लावतीसहित पत्रकारका विभिन्न संगठनमा आबद्ध अध्यक्ष तथा प्रतिनिधिहरुले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...
दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...
दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...