राप्रपा नेता संग्रौलाद्वारा निःशुल्कमा एम्बुलेन्स सेवा दिने घोषणा
मङ्गलबार, २१ बैशाख, २०७८ रातीको ०९:३४ बजे,
लिम्बुवान न्युज
दमक। कोरोना भाईरसको दोश्रो भेरियन्टले उग्र रुप देखाईरहेको छ । देशका धेरैजसो जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ । बिरामीले बेड नपाएका र अक्सिजन अभाबका समाचारहरु निरन्तर जसो बाहिर आईरहेको छ । यस्तो बिषम परिस्थितीमा झापा गौरादह नगरपालिका वार्ड नम्बर ७ हुँदै दमक नगरपालिका ८ निवासी हाल भक्तपुर बस्नुहुने केन्द्रिय कार्य सम्पादन समिति सदस्य राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौलाले कोभिड संक्रमितलाई अस्पतालसम्म पुर्याउन अक्सिजन सहितको एम्बुलेन्स सेवा निस्शुल्क उपलब्ध गराउन घोषणा गरेका छन् ।
यस्तै अक्सिजन अभाब भईरहेको समाचार बाहिर आएसँगै उनले अक्सिजनको समेत प्रबन्ध मिलाउने तयारी गरिरहेको बताएका छन् । सेवा लिनका लागि सञ्चार क्लब गौरादहका अध्यक्ष सुदिप अधिकारीलाई ९८५२६६१६०४ नम्बरमा, पर्दाफास मिडिया नेटवर्क प्रा।ली।का प्रबन्ध निर्देशक सान नेपाललाई ९८४१७६१७८८ नम्बरमा र गौरादह ७ निवासी जय गुरुङलाई ९८१४०९०२९३ नम्बरमा र भरिपूर्ण राईलाई ९८१४३६१९२५ नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ । उनले संकटको घडीमा सबैले सबैलाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।
झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकासँगै दमक नगरपालिका र कमल गाउँपालिकाभित्रका कोभिड संक्रमितहरुलाई अक्सिजन सहितको एम्बुलेन्समा अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरी संकटको घडीमा सहयोग गर्ने उनले घोषणा गरेका हुन् ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...