राप्रपा नेता संग्रौलाद्वारा निःशुल्कमा एम्बुलेन्स सेवा दिने घोषणा

 लिम्बुवान न्युज
                       

दमक। कोरोना भाईरसको दोश्रो भेरियन्टले उग्र रुप देखाईरहेको छ । देशका धेरैजसो जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ । बिरामीले बेड नपाएका र अक्सिजन अभाबका समाचारहरु निरन्तर जसो बाहिर आईरहेको छ । यस्तो बिषम परिस्थितीमा झापा गौरादह नगरपालिका वार्ड नम्बर ७ हुँदै दमक नगरपालिका ८ निवासी हाल भक्तपुर बस्नुहुने केन्द्रिय कार्य सम्पादन समिति सदस्य राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौलाले कोभिड संक्रमितलाई अस्पतालसम्म पुर्याउन अक्सिजन सहितको एम्बुलेन्स सेवा निस्शुल्क उपलब्ध गराउन घोषणा गरेका छन् ।

यस्तै अक्सिजन अभाब भईरहेको समाचार बाहिर आएसँगै उनले अक्सिजनको समेत प्रबन्ध मिलाउने तयारी गरिरहेको बताएका छन् । सेवा लिनका लागि सञ्चार क्लब गौरादहका अध्यक्ष सुदिप अधिकारीलाई ९८५२६६१६०४ नम्बरमा, पर्दाफास मिडिया नेटवर्क प्रा।ली।का प्रबन्ध निर्देशक सान नेपाललाई ९८४१७६१७८८ नम्बरमा र गौरादह ७ निवासी जय गुरुङलाई ९८१४०९०२९३ नम्बरमा र भरिपूर्ण राईलाई ९८१४३६१९२५ नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ । उनले संकटको घडीमा सबैले सबैलाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकासँगै दमक नगरपालिका र कमल गाउँपालिकाभित्रका कोभिड संक्रमितहरुलाई अक्सिजन सहितको एम्बुलेन्समा अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरी संकटको घडीमा सहयोग गर्ने उनले घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...