झापामा पूर्ण निषेधाज्ञा जारी, अटेर गरे प्रचलित कानून बमोजिम कारवाही

 लिम्बुवान न्युज
                       

दमक। जिल्लामा उच्चदरले कोरोना संक्रमण फैलिदै गएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार आदेश जारी गर्दै बुधबार बेलुकी १२ बजेदेखि पूर्ण निषेधाज्ञा जारी गरेको छ ।

जिप्रका झापाले जारी गरेको आदेश बैशाख ३१ गते मध्यरातिसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा मंगलबारराति जारी आदेशमा उल्लेख छ ।

यस अघिको निषेधाज्ञा आंशिक कायम गरिएको थियो तर कोरोनाको संक्रमण दर उच्च गतिमा बढ्दै गएपछि प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेका छन् । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै गाडी र पसल समेत बन्द गरिएको छ ।

विश्वभर फैलदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत तिब्र रुपमा फैलिएको छ । तिब्र गतिमा फैलिएको छिमेकी राष्ट भारतसँग सिमाना जोडिएको जिल्ला झापामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको आदेशमा जनाइएको छ ।

आदेशमा भनिएको छ– ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

प्रजिअद्वारा जारी गरिएको आदेशमा के के कुरा उल्लेख छन् त तल हेर्न सकिनेछ:

 

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...