दुवै मृगौला पिढीत विश्वकर्माद्वारा आर्थिक सहयोगको याचना

 लिम्बुवान न्युज
                       

दमक। मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो ।

झापाको बुधवारे घर भई रोजगारीको सिलसिलमा इलामको सूर्योदय नगरपालिका वडा न १२ बस्दै आएका मन बहादुरको दुवै मृगौलामा खराबी भएको उहाँका आफन्त कमल विश्वकर्माले बताए ।

वि.पी.कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी रहेको र अहिलेसम्म १५ लाख रुपैयाँ बढी रकम खर्च भइसकेको विरामीको श्रीमती शोभा विश्वकर्माले बताइन् । अलि–अलि भएको घरको जायजेथा पनि सकियो सहयोग माग्न पनि झन्झट लाग्दो बिभिन्न प्रकृया पुरा गर्नु पर्ने रहेछ शोभाले गुनासो पोखिन् ।

भएको एउटा १७ वर्षीय छोरो पनि पढ्न छोडेर बुवाको उपचारमा बस्नु परेको उनकी आमा बताउँछिन् । विरामीको अझै उपचार सफल पार्न करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकहरुले सल्लाह दिएको विश्वकर्मा परिवारले जनाएको छ । प्राइम बिकास बैंक खाता नम्वर १०४०००२६१ तीनघरे इलाम शाखामा सहयोगी मनहरुले मनबहादुरलाई सहयोग गर्न सक्नु आफन्त कलम विश्वकर्माले बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...