दुवै मृगौला पिढीत विश्वकर्माद्वारा आर्थिक सहयोगको याचना

 लिम्बुवान न्युज
                       

दमक। मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो ।

झापाको बुधवारे घर भई रोजगारीको सिलसिलमा इलामको सूर्योदय नगरपालिका वडा न १२ बस्दै आएका मन बहादुरको दुवै मृगौलामा खराबी भएको उहाँका आफन्त कमल विश्वकर्माले बताए ।

वि.पी.कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी रहेको र अहिलेसम्म १५ लाख रुपैयाँ बढी रकम खर्च भइसकेको विरामीको श्रीमती शोभा विश्वकर्माले बताइन् । अलि–अलि भएको घरको जायजेथा पनि सकियो सहयोग माग्न पनि झन्झट लाग्दो बिभिन्न प्रकृया पुरा गर्नु पर्ने रहेछ शोभाले गुनासो पोखिन् ।

भएको एउटा १७ वर्षीय छोरो पनि पढ्न छोडेर बुवाको उपचारमा बस्नु परेको उनकी आमा बताउँछिन् । विरामीको अझै उपचार सफल पार्न करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकहरुले सल्लाह दिएको विश्वकर्मा परिवारले जनाएको छ । प्राइम बिकास बैंक खाता नम्वर १०४०००२६१ तीनघरे इलाम शाखामा सहयोगी मनहरुले मनबहादुरलाई सहयोग गर्न सक्नु आफन्त कलम विश्वकर्माले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...