आज एकैदिन ९०७० जनामा कोरोना संक्रमण पुष्टि, झापामा १७८ जना संक्रमित

 लिम्बुवान न्युज
                       

दमक, वैशाख २३। पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विहीवार २० हजार ३६७ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जना र ७७५ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३ हजार ५२९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ५६१ जना रहेको छ भने ३१४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ नं. प्रदेशमा ७९१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

झापामा १७८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेको १-१ जनामा संक्रमण देखिएको छ ।

 

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...