दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सहित ४ पत्रकार सम्मानित

,   लिम्बुवान न्युज
                       

दमक। झापा दमकका अग्रज पत्रकार गञ्ज बहादुर दाहाल सहित १ नं. प्रदेशका ४ जना अग्रज पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

दमकलाई कर्मथलो बनाई विगत ३ दशक देखि निरन्तर पत्रकारिता गरिरहनु भएका दाहाल पूर्व सन्देश दैनिक र जनज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक समेत हुन् ।

राष्ट्रिय पत्रकारीता दिबसका अबसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको १ नं. प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहाल र गोविन्दचन्द क्षेत्री त्यसैगरी मोरङकी ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई यो पुरस्कारद्वारा सम्मान गरिने भएको छ ।

मन्त्रालयले अघिल्लो बर्ष र यस वर्षको गरि दुवै वर्षको पुरस्कार एकै पटक घोषणा गरेको हो । पुरस्कारको राशि जनही एक लाख र सम्मानपत्र रहेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण पुरस्कार बितरण गर्न नसकिएको र परिस्थिति सहज भएपछी पुरस्कार हस्तान्तरण गरिने जनाएको छ ।

पुरस्कार छनौट समितिमा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष बिक्रम लुइँटेल रहेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;