ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाख सहित स्वास्थ्य सामाग्री प्रदान

,   लिम्बुवान न्युज
                       

विराटनगर। १ नं. प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले १५ लाख रकमसहित १० शैय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् । जिल्लामा कोरोना संक्रम बढेपछि आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम सहितको अत्यावश्यक सामान पठाइएको हो ।

कोभिड–१९ नियन्त्रण लागि तत्काललाई १ नं. प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ मन्त्री आङ्बुहाङ मार्फत पठाइएको उनका स्वकीय सचिव नारद गुरागाईँले जनाकारी दिएका छन् ।

हाललाई स्टेन, टुलबक्सलगायत १० थान शय्या, २०० थान पिपिइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन र मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईँले जनकारी दिए ।

स्वास्थ्य सामग्री आज(शुक्रबार) ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइपुग्ने गुरागाईँले बताउनुभयो । ताप्लेजुङसहित प्रदेश नं १ का हिमाली जिल्लाका लागि पिसिआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईँले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;