सरकारद्वारा १६ पत्रकार पुरस्कृत

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । आज (शुक्रबार) छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व.सुकदेव नेपाल(अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाएका छन् । दुई बर्षको पुरस्कार एकैसाथ घोषणा गरेको छ । पुरस्कारको राशी जनही २/२ लाख रहेको छ ।

यस्तैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इनद्रमान बुढा (उजिर मगर), मात्रिका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्तर बहादुर वि.क. र शितल शाह रहेका छन् । त्यसैगरी २०७७ बाट दिलीप कुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजङ पाण्डे, नितु पण्डित र पुनम पौडेल रहेका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित सबै पत्रकारहरुले जनही १/१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...