कोरोना संक्रमितको उपचारमा सरकार असफल: जसपा नेपाल (प्रदेश नं.१)

 लिम्बुवान न्युज
                       

दमक, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश नं १ ले कोरोना संक्रमणबाट पीडित नागरिकहरुको स्वास्थ्य उपचार र जीवन रक्षामा तीनै तहको सरकार असफल भएको भएको आरोप लगाएको छ । जसपा १ नं. प्रदेशले प्रभावकारी ढंगले संक्रमितकाे उपचार नभएकाेमा सरकार जिम्मेवार हुनु पर्ने बताएकाे छ ।

कोरोना महामारीको संवेदनशील अवस्थामा पनि नागरिकको जीवन रक्षामा उदासिन र गैरजिम्मेवार भएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला कोरोना विरुद्धको खोप निर्यातमा समेत भ्रष्टाचार र कमिसनको खेलमा फसेको आरोप लगाएको छ । प्रदेश अध्यक्ष प्रविण चाम्लिङद्वारा जारी विज्ञप्तिमा सत्ताको आयु लम्ब्याउने भन्दा बाहेक अन्यत्र सरकारको ध्यान नगएको उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ –‘प्रदेश नं १ का सबै नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउन, सबै नागरिकको निःशुल्क पिसिआर परीक्षण गर्न प्रदेश सरकार र स्थानीय तहहरुलाई आग्रह गर्दछौं ।

विज्ञप्ति मार्फत आवश्यक संख्यामा अस्पतालहरुमा सय्या वृद्धि गर्न, सीमा नाकाबाट भित्रिनेहरुका लागि सुरक्षित क्वारेन्टिनस्थल निर्माण र सञ्चालन गर्न, स्थानीयस्तरमा अक्सिजन सुविधा सहितको कोभिड अस्पताल र आइसोलेसन केन्द्र निर्माण गर्न र कोरोना संक्रमित सबै नागरिकहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुलाई आग्रह गरिएको छ ।

जसपा प्रदेश १ ले श्रमजिवी वर्गको निम्ति तत्काल विशेष राहत प्याकेज घोषणा गरी रोगबाट सुरक्षित राख्ने र भोकबाट मर्न नदिने राज्यको कर्तव्य र दायित्व पूरा गर्न सरकारसँग माग गरेको छ । साथै कालाबजारी र कृर्तिम अभाव सिर्जना हुन नदिन प्रभावकारी अनुगमन र संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको छ ।

सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन, साबुन पानीले हात धुने, सेनिटाइजरको नियमित प्रयोग लगायत स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी सुरक्षित रहन र अत्यावश्यक काम नपरेसम्म घर बाहिर ननिस्कन, भीडभाड नगर्न आह्वान गर्दै जसपा प्रदेश १ ले मातहतको पार्टी समितिहरुलाई नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोग र समन्वयमा जुट्न आह्वान समेत गरेको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;