झापामा निषेधाज्ञालाई थप कडा गरिदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। झापा जिल्लामा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शनिवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि समय तोकेपछि निषेधाज्ञा थप कडा पारिएको हो ।

बैठकले निर्माण सामग्री बोक्ने टिपर, ट्याक्टर लगायत अन्य सवारीसाधनलाई बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । वैशाख १९ गते लगाइएको निषेधाज्ञामा ती सवारीसाधनलाई चौबीसै घण्टा सञ्चालनका लागि अनुमति दिइएको थियो । अब भोलि आइतबारदेखि ती सवारीसाधनमाथि पनि कडाइ गरिने प्रजिअ तिमिल्सिनाले बताए ।

त्यस्तै, बैठकले काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि नयाँ बसपार्क क्षेत्रमा होल्डिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । एम्बुलेन्स, शव वाहनलगायत अन्य कुनै पनि सवारी साधनहरूले तोकिएको भन्दा बढी भाडा असुली गरिएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरिने समेत निर्णय गरेको छ । झापामा वैशाख ३१ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...