कोरोनाको नयाँ भेरियन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफलः कुमार लिङ्देन ‘मिराक’

 लिम्बुवान न्युज
                       

दमक, वैशााख २५। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले कोरोनाको नयाँ भेरिएन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफल भएको बताएका छन् । कोरोना भ्याक्सिन र अक्सिजन आपूर्तिमा अर्बौ भ्रष्टचार भईरहेको र दैनिक ५५ जना भन्दा बढीको मृत्यु भइरहेको अवस्थामा सरकार सम्वेदनशिल नभएको भनी बिरोध, भत्र्सना एवं आपत्ती जनाएको छ ।

शनिबार अध्यक्ष लिङ्देनले एक विज्ञप्ति प्रकाशित गर्दै भने —कोरोना चानचुने रोग नभएको भन्दै कोरोनाले विश्वलाई कायल बनाएर छाड्ने भएको हुँदा अन्य मुलुकको भर पर्नुपर्ने हाम्रो देशलाई बचाउन केन्द्र देखि प्रदेश, जिल्ला र वार्डसम्म नै सर्वदलीय वा सर्वपक्षीय समिति गठन गरेर अगाडि बढ्न अनुरोध छ ।

अध्यक्ष लिङदेनले हाम्रो जस्तो गरिब मुलुकमा आर्थिक अवस्था ध्वस्त हुने भएको हुँदा देश, जनता र यहाँको अर्थतन्त्र जोगाउन महत्वपूर्ण निर्णय लिनु पर्व सर्बपक्षीय समितिहरु निर्माण गर्न प्रधानमन्त्री समक्ष अग्रह गरेका छन् । कानमा तेल हालेर बसेका प्रधानमन्त्रीलाई भ्रष्टचार, संसद विगठन, बालुवाटार देखि रामयात्रा स्वास्थ्य पूर्वाधार त्यसैगरी राष्ट्रिय गौरवको आयोजनामा अर्बौ रुपैयाँ चुहावट भएको प्रति विज्ञप्ति मार्फत सजग गराएका छन् । त्यसैगरी डिपिआर सम्म नभएका एक सयभन्दा धेरै सडकको शिलान्यास, निर्माण नसकिदै धरहरा उदघाटन जस्ता कार्यमा प्रधानमन्त्रीले समय खेर फाल्नुभएको प्रति मञ्चले आपत्ती जनाएको छ ।

कोरानाका कारण भ्याक्सिन, अक्सिजन र बेडको अभाव खेपेर मृत्युबरण जनताहरु माथि सरकारले उचित व्यवस्थापन र उपचार गर्न नसकेकोमा मञ्चले नेपालको इतिहासमा कम्यूनिस्ट सरकार असक्ष, निरंकुशता, सत्तालोलुपता, भ्रष्टचारी भएको आरोप लगाएको छ । नेपाली जनताहरु अस्पतालमा अक्सिजन नपाएर छट्पटीरहेको तर सरकार लाचार बनेर बसेको विज्ञप्तिमा लेखेका छन् ।

भ्याक्सिन, अक्सिजन र स्वास्थ सामाग्रीमा कमिसन खाने ओली सरकार त्यसैगरी नेपालको भ्रस्ट कर्मचारी तन्त्र एक सेकेन्ड पनि सत्तामा र आ आफ्नो पदमा बस्न लायक नभएको भन्दै ओली सरकारको राजीनामाको माग गरेको छ ।

विज्ञप्तिमा अर्को प्रसङ्ग उल्लेख गर्दै ओली सरकारलाई बिस्थापित गरि सर्बदलीय तथा सर्बपक्षिय सरकार गठन गरि थारु÷आदिबासी÷दलित÷खसलाई संसदमा पुग्न नदिनको लागि खडा गरिएको थ्रेसहोल्ड तुरुन्त खारेज गर्न माग गरेको छन् । थ्रेसहोल्डले यो देशमा राजनैतिक अस्थिरता ल्याउने, भ्रस्टाचार गर्ने, देशलाई बन्धक राखेर बिदेशी बैंकहरुबाट अरबौ ऋण ल्याएर विकाश गरेको नाटक गरेर देशलाई १५ पुस्ता सम्म उठ्न नसक्ने गरि बिदेशी ऋणमा डुबाउने, रास्ट्रवादको खोल ओढेर बिदेशी शक्ति सामु निथ्रुक्क हुनेगरी झुक्ने, कर्मचारीतन्त्रको नाममा देशको ६५% बजेट झ्वाम बनाउने काम वर्तमान सरकारले गरिरहेको उल्लेख गरेको छ ।

अध्यक्ष लिङदेनले आदिवासी, थारु, मधेशी, मुश्लिम, दलित, खस समुदायलाई संसदमा पुग्नबाट रोक्ने कथित ३% थ्रेसहोल्ड तुरुन्त खारेज गर्न माग गरेका छन् । यस्तैगरी उनले बहुसंख्याक समुदायले एक जातिको छट्टु नाँङ्गो नाँच टुलुटुल हेरेर अब नबस्ने बरु चाडै सामुदायिक बिद्रोह हुनसक्ने सम्भावना बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;