लाइफलाइनमा भेन्टिलेटरसहित ३० बेडको कोभिड वार्ड सुचारु

 लिम्बुवान न्युज
                       

दमक/दमकस्थित लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको छुट्टै कोभिड वार्ड शुरु गरेको छ । अस्पतालको ४ तले भवनलाई कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याइएको हो ।

आईतवार दमक नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका छन् । उनले प्रदेश तथा ंसंघीय सरकारसंग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए । अस्पतालका मेडिकल डाइरेक्टर डा.सुर्यनारायण शाहले विशेषज्ञ सेवा सहित कोभिडका विरामीहरुको उपचारका लागि कोभिड वार्ड सञ्चालनमा ल्याइएको बताए ।

अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले बेड क्षमता अनुसार कोभिडका विरामीहरुलाई भर्ना लिईने बताए । अस्पतालमा आउने जो कोही बिरामीलाई बिना भेदभाव उपचारको व्यवस्था मिलाइनेछ, यो विपतको घडीमा हाम्रो तर्फबाट गर्नुपर्ने सबै प्रयत्नहरु हामी गर्नेछौं– अध्यक्ष डा. भट्टराईले भने ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...