निम्बसले दियाे पत्रकार महासंघलाई १० हजार थान माक्स

 लिम्बुवान न्युज
                       

काठमाडौं । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ । आज एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघको कार्यालयमा उपस्थिति भई उक्त मास्क महासंघका अध्यक्ष विपुल पोख्रेललाई हस्तान्तरण गरेका छन् ।

कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सानो सहयोग गरिएको बताए । उहाँले आवश्यकता अनुसार आउदा दिनमा थप सहयोग गर्ने समेत बताएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोख्रेलले निम्बस नेपाललाई मास्क उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । उहाँले महासंघमा देशभरीबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताउदै पत्रकारहरुले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि महासंघसंग सहयोग मागिरहेको बताए । महासंघले आउँदा दिनमा थप सहयोगको अपेक्षा राखेको अध्यक्ष पोख्रेलले धारणा राखेका थिए ।

महासचिव रोशन पुरीले मास्क उपलब्ध गराएको निम्बसलाई धन्यवाद व्यक्त गर्दै कोरोना संक्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामाग्रीको सहयोग गर्न आग्रह गरे । उहाँले महासंघलाई प्राप्त मास्क तथा स्वास्थ्य सामाग्रीहरु प्राथमिकताका आधारमा महासंघको प्रदेश समितिमार्फ सञ्चारगृहलाई उपलब्ध गराइने बताए ।

निम्बसले महासंघका प्रदेश समिति मार्फत जिल्ला जिल्लामा पत्रकारलाई मास्क उपलब्ध गराउने जनाएको छ । निम्बस नेपालले हालको परिस्थितिलाई मध्यनजर गर्दै अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंतिमा रहेर काम गर्नेहरु, स्वयसेवक, स्वास्थ्यकर्मी तथा सरकारी निकायलाई प्राथमिकतामा राखेर कम्पनिले उत्पादन गरेको प्रो–टेक्ट को मास्क र स्यानिटाइजर बाड्ने तयारी गरेको विज्ञप्ति मार्फत जनाएको छ । उक्त सेवाका लागि निम्बस नेपालको अनलाइनमा विवरण उपलब्ध गराउन समेत सम्बन्धितमा आग्रह गरेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...