आइतबार खाडीबाट ६ सय अक्सिजन सिलिण्डर आउँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। नेपालमा कोभिड–१९ तिब्र गतिमा फैलिएपछि त्यसलाई मद्दत गर्न मध्यपूर्वी खाडी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले अनलाईनखबरलाई बताए ।

खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोगबाट सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी भईरहेको झाले जानकारी दिए । अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससँग समन्वय भइरहेको छ— उनले भने । आइतबारसम्म सिलिण्डर नेपाल पु¥याउने गरी काम भइरहेको उनले बताए ।

करिब ७५ लाख नेपाली रुपैयाँ बराबरको सो अक्सिजन सिलिण्डर नेपाल पठाउन लागिएको झाले जानकारी दिए । गैह्र आवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालमा सिलिण्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताएका छन् । यद्यपी सिलिण्डरको रकम सकेसम्म खाडीमा रहेका एनआएनएमार्फत नै तिर्ने गरी काम अघि बढाइएको उनले बताए ।

अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली आक्रान्त भनेपछि स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु भएको थियो । खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । सिलिण्डर नेपाल पाठउन के कसरी सकिन्छ भन्नेबारे नेपाल अ्एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

‘अक्सिजन सिलिण्डर खरिद सकिएको छ, हामी जतिसक्दो छिटो नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाईनसमार्फत पेपर वर्क गरिरहेका छौं,’ राजदूत ढकालले भनिन् । सकेसम्म नेपाल एयरलाइन्सको जहाजमा एकै पटक ६सय सिलिण्डर पठाउन सकिने गरी छलफल भइरहेको उनले बताइन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...