कोरोना संक्रमित पत्रकारलाई घर–घरमा पोशिलो खाना र औषधी पुर्‍याउँदै, झापामा २६ पत्रकार संक्रमित

 लिम्बुवान न्युज
                       

झापा। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोशिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारका लागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो ।

त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ । यसैवीच पत्रकार महासंघ प्रदेश नं. १को पहल तथा झापा शाखाको समन्वयमा बुधवार मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल) इलामको टोलीले संक्रमित १० पत्रकारको घरमा आयुर्वेद औषधि वितरण गर्नुका साथै श्वासप्रश्वासमा लाभ पुग्ने विभिन्न योग विधि समेत सिकाएको छ ।

अस्पतालका वरिष्ठ कविराज निरीक्षक तीर्थराज आचार्य नेतृत्वको टोलीले औषधि वितरण र योग विधि सिकाएको हो । स्वास्थ्य कार्यालय इलामको सहयोगमा उक्त औषधि वितरण गरिएको थियो । टोलीले अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, जेठी मधु, त्रिकटु लगायतका औषधि वितरण गरेको थियो । त्यसक्रममा संक्रमित पत्रकार र पत्रकारका परिवारलाई भस्त्रीका प्राणायम्, कपालभाती प्राणायम्, अनुलोम–विलोम प्राणायम्, उज्जयी प्राणायम्, हस्त पदासन, ताडकासन लगायतका विधि सिकाइएको थियो । पत्रकारहरु नरेन्द्र ढकाल, भीमा शिवाकोटी, गोपाल काफ्ले, पारस तिम्सिना, पुष्प बराल, दीपेन्द्र पौडेल, राजु अधिकारी, सन्तोष आचार्य, पर्वत पोर्तेल, बिगम श्रेष्ठको निवासमै पुगेर उक्त सेवा प्रदान गरिएको हो ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा रहेको टोलीमा महासंघ प्रदेश नं. १का तर्फबाट सदस्य तोया भट्टराई, प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, सदस्य रञ्जित परियार, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय झापाका डा. अनिल यादव लगायत सहभागी थिए । इलाममा भने आयुर्वेद औषधालयले कोभिड नियन्त्रणका लागि घर–घरमा मेची आयुर्वेद भन्ने अभियान सञ्चालन गरेको छ ।

झापामा पत्रकार महासंघको पहल र समन्वयमा उक्त टोली आएको हो । आयुर्वेद अस्पताल इलामका वरिष्ठ कविराज निरीक्षक आचार्यले महामारीको बेला यस्तो अभियान देशभरि चलाउन आवश्यक रहेको बताए । हालसम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । एकको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...