भारी बर्षाका कारण गजुरमुखी–इभाङ–चतुरे सडक अवरुद्ध

,   लिम्बुवान न्युज
                       

इलाम। भारी वर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले माङसेबुङ गाउँपालिकाको गजुरमुखी–इभाङ–चतुरे सडक खण्ड अवरुद्ध बनेको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखीधाम हुँदै गाउँपालिका कार्यालय त्यसैगरी चतुरेबजार जाने सडक अवरुद्ध बनेको हो ।

यो सडक खण्डको वडा नम्बर २ को बिकौरेडाँडा र तामाखोलाको भिरमा दुई ठाउँ पहिरो झरेको छ । त्यस नजिकै पहिरो पन्छाउने मेसिन नभएको र मानिसले पन्छाउन सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ । पहिरोका कारण माङसेबुङ गाउँपालिकाको ४ वटा वडा गाउँपालिकासँग सम्बन्धि विच्छेद भएको छ । वडा नम्बर ३, ४, ५ र ६ वडा गाउँपालिकासँग सम्बन्ध विच्छेद भएको हो ।

वैकल्पिक मार्ग समेत नभएका कारण ती वडाका सेवाग्राहीहरु समस्यामा परेका छन् । माङसेबुङ २ र ३ को सीमानामा पर्ने तामाखोलासम्म सवारी साधन आएपनि त्यहाँबाट पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

सो सडक कालोपत्रे हुँदै गरेको सडक हो । कालोपत्रे ठेकेदार कम्पनी कालिका जेभीले काममा ढिलासुस्ती गरेको छ । सडकमा पहिरो झरेपनि पन्छाउन तदारुपता नदेखाएको स्थानीयले गुनासो गरे ।

एक सातादेखिको लगातारको वर्षाका कारण माङसेबुङका अन्य धेरै सडकहरु पहिरोले पुरिएका छन् । कतिपय भत्केका छन् भने कतिपय खाल्डाखुल्डीका कारण अवरुद्ध भएको छ । बर्षाले माङसेबुङका अधिकाशं सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुदाँ स्थानीयलाई एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न तथा अत्यावश्यक खाध्यान्न सामाग्री ढुवानी गर्न समेत समस्या सुरु भएको छ ।

(तस्वीरः नयाँ बुलन्दडटकम)

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;