विदेशी रेमिटेन्समा निर्भर नेपाल कोरानामा पनि १६ प्रतिशतले वृद्धि

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। कोरोना भाइरसको चपेटामा परेको नेपाल बैदेशिक रेमिटेन्समा निर्भर छ । पछिल्लो तथ्याङ् नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरे अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रेमिटेन्स १६ प्रतिशतभन्दा माथि पुगेको छ ।

रेमिटेन्स आप्रवाहमा वृद्धि भएसँगै नौ महिनामा सात खर्ब २९ अर्ब दुई करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ४.२ प्रतिशतले घटेको थिया । कोरोना महामारी सुरु भएयता (२०७७ चैतपछि) वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । कैयन गन्तव्य मुलुकले भीडभाड कम गर्न नेपाली कामदार बोलाउन बन्द गरेका छन् ।

पहिलो लहरको कोरोना महामारीपछि करिब ६ महिना बन्द भएको वैदेशिक रोजगारी दोस्रो लहरको महामारी सुरु भएलगत्तै अघिल्लो सातादेखि असहज भएको छ । यतिखेर वैदेशिक रोजगार विभागले श्रम स्वीकृति बन्द नगरी अनलाइनबाट दिने व्यवस्था मिलाए पनि सरकारले भारतका केहीबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका कारण वैदेशिक रोजगारीमा जानेलाई समस्या परेको हो ।

मलेसिया लगायत केही गन्तव्य मुलुकले भने पहिलो लहरको कोरोना महामारीदेखि नै नेपाली कामदारलाई बोलाएका छैनन् । नयाँ श्रमिकलाई नबोलाएका गन्तव्य मुलुकका रोजगारदाताले महामारी सुरु हुनुअघि नै गएका श्रमिकलाई काममा लगाइरहेका छन् । विभागले हालसम्म करिब ५५ लाखलाई श्रम स्वीकृति दिए पनि यतिखेर ३०–३५ लाख नेपाली रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेको अनुमान छ ।

कोरोना महामारीमा स्वदेशि फर्किएका धेरै नेपालीको रोजगारी गुमेको अवस्था छ तर राज्यले त्यसको लेखाजोखा हालसम्म गर्न नसकेको प्रवासीहरु बताउँछन् । त्यही प्रवासी श्रमिकहरुले पठाइरहेका रेमिटेन्स र तीबाहेक अध्ययनका लागि विभिन्न मुलुक पुगेका विद्यार्थीले पनि बचत गरेर रेमिटेन्स पठाउने गरेका छन् ।

जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । वैशाख २३ देखि नियमित अन्तर्राष्ट्रिय उडानलाई वैशाख ३१ सम्मका लागि बन्द गरिएको थियो । तर, सरकारले कोरोना महामारी नियन्त्रणमा पुनः निषेधाज्ञा लगाउने निर्णय गरेसँगैं अन्तर्राष्ट्रिय हवाई उडान पनि जेठ १७ सम्म बन्द गरिएको हो ।

नियमित अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर तथा कार्गाे उडान भने रोकिएको छैन । भारतमा भने साताको दुई दिन बुधबार र शुक्रबार उडान भइरहेका छन् । नयाँदिल्लीका लागि नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले शुक्रबार उडान गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...