सुनिता थेगिमको ‘आँखामा आउने सपनी’ भिडियो युट्यूव मार्फत सार्वजनिक
बिहिबार, ३० बैशाख, २०७८ साँझको ०७:४८ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर।पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आजावमा सजिएको गीत ‘आँखा मा आउने सपनी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
एकदेव लिम्बू र वियोण्डको शव्द तथा संगीतमा सजिएको फिमेल भर्जनको गीत ‘आँखा मा आउने सपनी’ केन्द्र मोसन्स पिक्चर्स अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो गीतको मेल भर्जनमा एकदेवको आवाज रहेको छ ।
निर्देशक शान थापाको निर्देशनमा अर्जुन तिवारीको डिआपी र बुद्ध थापाको सिनेमाटोग्राफर रहेको केन्द्र मोसन्स पिक्चर्सको निर्माणमा बनेको धेरै रुचाइएको प्रेम र रोमान्सले भरिएको भिडियोमा पल शाह र मलिका महतले फिचरिङ्ग गरेका छन् ।
केन्द्र लिम्बू र अर्विन पोमु लिम्बूद्वयको निर्माणमा बनेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलरिङ र निसुम नेम्बाङ सुव्वाको मेकअप रहेको छ भने, प्रडक्सन मेनेजर बिशाल कार्की रहेका छन् ।
कलेज जीवनमा हुने युवा युवती विचको प्रेम र आकर्षणलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सहायक छायाँकार मनोज पौड्याल, सहायक सम्पादन विवेक सुनार र सहायक निर्देशक राजिव समर रहेका छन् ।
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...
स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...