सुनिता थेगिमको ‘आँखामा आउने सपनी’ भिडियो युट्यूव मार्फत सार्वजनिक
बिहिबार, ३० बैशाख, २०७८ साँझको ०७:४८ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर।पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आजावमा सजिएको गीत ‘आँखा मा आउने सपनी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
एकदेव लिम्बू र वियोण्डको शव्द तथा संगीतमा सजिएको फिमेल भर्जनको गीत ‘आँखा मा आउने सपनी’ केन्द्र मोसन्स पिक्चर्स अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो गीतको मेल भर्जनमा एकदेवको आवाज रहेको छ ।
निर्देशक शान थापाको निर्देशनमा अर्जुन तिवारीको डिआपी र बुद्ध थापाको सिनेमाटोग्राफर रहेको केन्द्र मोसन्स पिक्चर्सको निर्माणमा बनेको धेरै रुचाइएको प्रेम र रोमान्सले भरिएको भिडियोमा पल शाह र मलिका महतले फिचरिङ्ग गरेका छन् ।
केन्द्र लिम्बू र अर्विन पोमु लिम्बूद्वयको निर्माणमा बनेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलरिङ र निसुम नेम्बाङ सुव्वाको मेकअप रहेको छ भने, प्रडक्सन मेनेजर बिशाल कार्की रहेका छन् ।
कलेज जीवनमा हुने युवा युवती विचको प्रेम र आकर्षणलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सहायक छायाँकार मनोज पौड्याल, सहायक सम्पादन विवेक सुनार र सहायक निर्देशक राजिव समर रहेका छन् ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...